नेकपा सल्यानका तीन नेताद्वारा खाद्यान्न सहयोग
इन्द्र बुढाथोकी
सल्यान, २३ चैत । सल्यानका नेकपामा तीन नेताहरुले सवै स्थानीय तहहरुलाई खाद्यान्न सहयोग उपलव्ध गराएका छन् । प्रदेशसभा सदस्य गुलाबजंग शाह, नेकपाका नेता द्वय मनोज कुमार प्रधान र प्रमोद श्रेष्ठले विपन्नका लागि सहयोग उपलव्ध गराउनुभएको हो ।
उहाँहरुले २ सय बोरा चामल, २ सय पोका नुन, २ सय बोतल खानेतेल उपलव्ध गराउनुभएको हो । आइतबार बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनलाई सहयोग उपलव्ध गराउनु भएको छ । नगरपालिकामा २० बोरा चामल, १५ पोका नुन र २० बोतल खानेतेल उपलव्ध गराएको नगर प्रमुख पुनले जानकारी दिनुभयो । यसरी प्राप्त भएको सहयोग वडा विपद् व्यवस्थापन समितिको सिफरिशमा एकद्वार प्रणाली मार्फत विपन्नहरुलाई उपलव्ध गराइने प्रमुख पुनले जानकारी दिनुभयो ।
अन्य स्थानीय तहहरुमा पनि आजै सवै सहयोग उपलव्ध गराउने कार्यक्रम रहेको नेकपाका नेता मनोज सिंहले जानकारी दिनुभयो । देशमा लकडाउन कायम रहेको र अझै यो लम्बिने संकेत देखिएपछि विपन्न र ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई खाद्यान्न उपलव्ध गराइएको नेता सिंहले जानकारी दिनुभयो । उहाँहरुले उपलव्ध गराउनु भएको सहयोग नेता मनोज सिंहले स्थानीय तहहरुलाई हस्तान्तरण गर्नुहुनेछ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।