सल्यान जेसिसद्धारा १ सय ६२ घरपरिवारलाई राहत वितरण
सल्यान २२, चैत ।
सल्यान जेसिसले विपन्न बर्गका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । शनीवार जिल्लाको शारदा नगरपालिका अन्र्तगत शान्तिनगर, दारिमचौर भगवती खोला, दोमाटी लगाएतका स्थानमा गरेर १ सय ६२ घरधुरीलाई राहत बितरण गरिएको हो ।

नेपालमा लकडाउन शुरु भएपछि दैनिक काम गरेर खाने बिपन्न बर्गहरुलाई दैनिकी चलाउने समस्या भएकाले खाद्यन्न बितरण गरिएको सल्यान जेसिसका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो । चामल, दाल, नुन, तेल लगाएतका सामाग्रीहरु बितरण गरिएको उहाँको भनाई छ ।

सल्यान लगायत छिमेकी जिल्लाका बिभिन्न ठाँउ तथा जाजरकोट, बिरगन्ज लगाएतका स्थानमा घर भएर जिल्लामा बस्दै आएका उनीहरुलाई राहत बितरण गरिएको हो । राहतको लागी १ सय ३१ जनाले आर्थिक सहयोग र ४ जनाले जिन्सी सामान सहयोग गरेका थिए । संकलित २ लाख ५० हजार ७ सय ७८ रुपैँयाबाट खाद्यान्न सामाग्रीहरु खरिद गरेर बितरण गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहराले जानकारी दिनुभयो ।


- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह