शारदा नगरपालिकाद्धारा करिब ३ सय घरपरिवारलाई खाद्यान्न बिरतण
चैत्र २१ सल्यान,
सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ३ सय विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयावधिलाई मध्यनजर गर्दै शारदा नगरपालिका भित्रका वडा नं. १, २, ४, र ५ का बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे हो ।

वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा नगरपालिकाले करिब २ हजार बराबरको खाद्यान्न वितरण हो । खाद्यनमा २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, १ लिटर तेल र सरसफाईको लागी साबुन वितरण गरिएको छ । लकडाउनको अवधीभर पुग्ने गरी शारदा नगरपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने शारदा नगरपालिका का मेयर सुरेश अधिकारीले बताए ।
नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिने छ ।


- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







