शारदा नगरपालिकाद्धारा करिब ३ सय घरपरिवारलाई खाद्यान्न बिरतण

२१ चैत्र २०७६, शुक्रबार २१:४६ मा प्रकाशित

चैत्र २१ सल्यान,
सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ३ सय विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयावधिलाई मध्यनजर गर्दै शारदा नगरपालिका भित्रका वडा नं. १, २, ४, र ५ का बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे हो ।


वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा नगरपालिकाले करिब २ हजार बराबरको खाद्यान्न वितरण हो । खाद्यनमा २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, १ लिटर तेल र सरसफाईको लागी साबुन वितरण गरिएको छ । लकडाउनको अवधीभर पुग्ने गरी शारदा नगरपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने शारदा नगरपालिका का मेयर सुरेश अधिकारीले बताए ।
नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिने छ ।

https://www.facebook.com/tribenionline/videos/149091016482525/
भिडियो हेर्नुहोस ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu