नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

   
त्रिवेणी अनलाइन
२० चैत्र २०७६, बिहीबार १६:४० मा
[Sassy_Social_Share total_shares="ON"]

नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवतीमा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार यी युवतीसमेत बागलुङकै हुन्। यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो। 

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्।  बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन्।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu