के कोरोनाको संक्रमण विहान र वेलुका कम हुने हो र ?
रमेश कुमार गौतम,
चिनको वुहान शहरवाट शुरू भएको नोभेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि अनेक प्रयत्नहरू हुँदा पनि यसले आफ्नो संक्रमणको आकार अझ फैलाउदै लगेको छ । एकाएक विश्वले,मानवजातीले एउटा ठुलो प्रकोपसंग लड्नु परेको छ, यो लडाइ जितेर सारा मानवलाई सुरक्षित गर्नुपर्ने छ आजको विश्वले ! नदेखिने शत्रुसंगको लडाइमा छौ हामी, हतियार वोकेर आम्ने–साम्ने लड्ने शत्रुसंग भन्दा नदेखिने, लुकेर लड्ने शत्रुसंग लडन अझ गार्हो हुन्छ ।
‘‘अहिले हामी नदेखिने शत्रुसंगको लडाइमा छौँ ।’’
आज कोरोना नदेखिएर लुकेर हामीसंग लडाइ गरिरहेको छ, कोभिड १९ वाट हाल सम्म विश्वभर ४४ हजार वढीको ज्यान गई सकेको छ, ८ लाख वढी संक्रमित भइसकेका छन् । संक्रमितको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । शुरूमा चिनमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै त्यसलाइ विश्व समुदायले गम्भीरता पूर्वक लिएन । चीन सघन उपचारमा जुटिरहेका वेला विश्वका कयौं मुलुकहरूले त हाँसीमजाक समेत गरेको देखिन्थ्यो ।
चीनले सहयोग माग्दा पनि यो उसकै समस्या हो भन्ने ढंगले पनि विश्लेषण गरियो, नेपालमा पनि माओको फोटोमा माक्स लगाएको कार्टुन समेत वनाउन भ्याए, यसको अर्थ कोरोना हामी कहाँ आउदैन भन्ने थियो सवैलाई तर कोरोना भाइसरले न राष्ट्रिय सिमा चिन्थ्यो न यो देश न त्यो देश, न ठुलो न सानो न धनी गरिव, न कुनै राजनैतिक आस्था र विचार, वाद वा व्यवस्था, नत कुनै धर्म आखिर यो सवैका लागि सामुहिक चुनौति वन्यो ।
अहिले हरेक सिमा छिचोल्दै कोरोना भाइरसको संक्रमण विश्वको दुई सय वढी मुलुकहरूमा फैलिएको छ । विश्वको आर्थिक देखी जनशक्ति, स्रोतसाधनले सम्पन्न मानिएका मुलुकहरूलाई समेत कोरोना संक्रमणलाई नियन्त्रणमा लिन हम्मे–हम्मे परिरहेको वर्तमान अवस्थामा विकासोन्मुख हाम्रो देशमा स्थिति अझ भयावह हुन सक्छ । जुन देशका नागरिकले कोरोना प्रकोपको गम्भीरतालाई वुझी स्वास्थ्य संवेदनशिलता अपनाए त्यहाँ क्षति कम भएको छ, जहाँ सजकता अपनाइएन् त्यहाँ क्षति वढी भएको देखिन्छ । हाम्रो देश जहाँ आर्थिक गतिविधि, पुर्वाधार, जनशक्ति, हरेक दृष्टिकोणले सम्पन्न छैनाँै, भएको संरचना र जनशक्तिले अहिलेको मागलाइ सम्वोधन गर्न सक्ने छैन, कोरोना भाइरसको महामारी फैलियो भने त्यसलाइ नियन्त्रण गर्न अत्यन्त गाह्रो पर्नेछ ।
‘‘कोरोना संक्रमणलाई नियन्त्रणमा लिन शक्तिशाली देशमा हम्मे–हम्मे परिरहेको वर्तमान अवस्थामा विकासोन्मुख हाम्रो देशमा स्थिती अझ भयावह हुनसक्छ ।’’
यहि कुरालाइ मध्यनजर गरि सरकारले नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गरेको छ । हाम्रो मुलुकमा कोरोना संक्रमण रोकथामको लागि सवै भन्दा उत्तम विकल्प भनेको कोहि कसैको सम्पर्कका नआएर सवै आ–आफ्नो ठाउमा सुरक्षित हुनु नै हो । सरकारले यस प्रकारका कदमहरू चरणवद्ध रूपमा चालेको देखिन्छ । २५ जना भन्दा धेरै भेला नहुने देखी लामो दुरिका साधन सञ्चालनमा रोक, सिमा नाकावन्द हुँदै अहिले लकडाउन गरेको छ । यसको अर्थ सर्वसाधारणहरूले हरेक कुरामा सतर्कता अपनाउन भन्ने नै हो तर अहिले पनि हाम्रो सजकता जस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन ।
लकडाउनलाई हामिले वुझेनौं वा वुझाउन सकेनाँै ! लकडाउन जो जहाँ छ त्यहि सुरक्षित ढंगले वस्ने भन्ने हो । सरकारले घरभित्र एकान्तवास वस्नुस भनेको छ, तर यसको पालना र कार्यन्वयनमा दुवैमा केही समस्याहरू देखिएको छ । कोरोना संक्रमण देखि वच्ने भनेको गाउदेखी सहर जाने वा सहरदेखी गाउँ आउने कदापी होइन । हामी जहाँ भएपनि केही फरक पर्दैन, फरक त हामी सुरक्षित छौं कि छैनौ, त्यस अनुसारको व्यवहार गरेका छौ कि छैनौँ भन्नेमा भर पर्छ ।
तर अहिले लकडाउनको वेला पनि यतावाट उता र उतावाट यता जाने आउने भइरहेको छ । प्रशासन कार्यालयहरूमा पास वनाउनेहरूको घुइचो लाग्ने गरेको छ, यो राम्रो हुँदै होइन, हो अहिले भारतवाट आउने नेपालीहरू र केही मजदुरी वा अन्य कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू जिल्ला भित्रिदै हुनुहुन्छ, समस्याहरू होलान, खाना वस्न लगाएत अन्य व्यवस्थापनको यी सवै हुदाहुँदै पनि अहिले मानिसहरू यताउता नगरेकै वेस । हामीले तपाईंहरू नआउनुस त्यहि सुरक्षित हुनोस भन्ने सल्लाह दिदा नै राम्रो हुन्छ ।
‘‘हामीले देश बाहिर तथा जिल्ला बाहिरबाट आएका नागरिकलाई तथ्यांक सहित क्वारेन्टाइनमा सुरक्षित ढंगले राख्न जरूरी छ । ’’
वरू सवै तहका सरकारहरूले जो जहाँ छ त्यहि तथ्यांक संकलन गरि वाहिरका र समस्या भएकाहरूलाइ गास, बास र अन्य आधारभूत आवश्यक्ता पूरा गर्नु नै अहिलेको उत्तम विकल्प हो । तर भारतवाट देश खोज्दै नाकामा आएका र एक जिल्लावाट अर्को जिल्लामा आईहाले पछि उनिहरूलाइ भारतवाट हो भने नाका क्रस गरे लगतै र वाहिरी जिल्ला वा जिल्ला भित्र एक ठाउँवाट अर्को ठाउँमा आए वा गए व्यवस्थित तथ्यांक सहित क्वारेन्टाइनमा सुरक्षित ढंगले राख्न जरूरी छ ।
तर अहिले गाउमा यस्तो गरिएको देखिदैन, वाहिरी जिल्लावाट भित्रीएकाहरू लाई आ–आफ्नो घरमा जान दिईएको छ, होम क्वारेन्टाइनमा वस्नुहोला भन्दै।हामी कति अनुशासित भएर वस्छौ हाम्रो आनिवानी कस्तो छ, त्यता तर्फ पनि राज्यका निकायले ख्याल गर्न जरूरी छ । म आफु पनि सुरक्षित हुन्छु र भाइरसको माध्यम म वन्दिन भन्नालाई पनि हामिले लकडाउनको आधारभुत सिद्धान्तलाई आत्मासाथ गर्नुपर्ने हुन्छ । यो हाम्रा लागी हो, यसको अवज्ञा वहादुरले होइन मुर्खले गर्ने हो । विश्व प्रशिद्ध दार्शनिनक प्लेटोले भनेका छन् असल मानिसले कानुन नै नभएपनि नैतिक र जिम्मेवारी पुर्ण तरिकाले काम गर्छ भने खराव मानिसले जति कडा कानुन भएपनि त्यो कानुन मिच्ने वाटो भेट्छ ।
विश्व प्रशिद्ध दार्शनिक प्लेटोले भनेका छन् : ‘असल मानिसले कानुन नै नभएपनि नैतिक र जिम्मेवारी पुर्ण तरिकाले काम गर्छ भने खराव मानिसले जति कडा कानुन भएपनि त्यो कानुन मिच्ने वाटो भेट्छ ।’
लकडाउनको उलंघन गर्नेहरूले कानुन मिचिरहेका छन, जुन नपर्दा सम्म मात्र हो परेपछि पश्चाताप गर्ने अवसर समेत प्राप्त नहुन सक्छ । अहिले शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रहरूमा चहलपहल वढी देखिन्छ, शहरमा पेशा व्यवसाय अध्यन वा अन्य कामले वस्नेहरू गाउमा आएपछि गाउको चहलपहल वढेको छ तर यो चहलपहललाई हामीले सहि ढंगले व्यवस्थापन गर्न सक्नुपर्छ । केही ठाउँहरूमा भेटघाटलाई अझ वाक्लो वनाउने, एक घरवाट अर्का र अर्का वाट अर्कोमा आउने जाने, चाडपर्व जस्तो रमझममा परिणत गर्ने, एकै ठाउमा भेला भएर गफगाफ गर्ने, क्यारेम वोर्ड, तास खेल्ने वा रूढिवादी परम्परा अंगाल्दै देवी देउता भाकल गर्ने, वलि चढाउने जस्ता गलत काम पनि हुनसक्छन ।
यस प्रकारका कामहरू केही ठाउमा भएका खवरहरू नआएका पनि होइनन्, त्यसलाइ सुक्ष्म ढंगले वुझी त्यस्ता कामहरू कहि कतै हुन नदिन खासगरी स्थानिय सरकारले अभिभावकत्व प्रदान गर्न जरूरी छ । अहिले खास गरि एउटा प्रवृती देखिएको छ, लकडाउनलाई अरू वेलाको नेपालवन्द जस्तो सम्झिने र विहान वेलुका वा वन्दकर्ताहरूको आँखा छलेर हिडेको जस्तो व्यवहार अहिले पनि देखाउने प्रहरी प्रशासनको आँखा छलेर, हिड्न वा निस्कन पाए हुन्थ्यो भन्ने, जुन कुरा हाम्रा लागि घातक छ ।
के कोरोनाको संक्रमण विहान र वेलुका कम हुने हो र ? पास वोक्दैमा संक्रमणको जोखिम नहुने हो र ? कि भाइरसले पास वोकेका वा विहान वेलुका अझ वेलुका ५ वजे पछि निस्किएकाहरूलाइ चिन्छ ? त्यसैले यसको एउटै उत्तर हो कि यी सव काम बन्द गरौं । लकडाउन सफल वनाउन प्रहरी प्रशासन लाग्नु पर्ने नै होईन तर पनि आफ्नो ज्यान जोखिममा राखि सुरक्षाकर्मीहरू खटेका छन, त्यसलाइ सहयोग गर्ने दायित्व पनि हामी नागरिकको हो ।
‘‘के कोरोनाको संक्रमण विहान र वेलुका कम हुने हो र ? पास वोक्दैमा संक्रमणको जोखिम नहुने हो र ? कि भाइरसले पास वोकेका वा विहान वेलुका अझ वेलुका ५ वजे पछि निस्किएकाहरूलाइ चिन्छ ? त्यसैले यसको एउटै उत्तर हो कि यी सव काम बन्द गरौं ।’’
राज्यका संयन्त्र प्रहरी प्रशासनले पनि राज्यको निर्णय लागू गराउन कडा कदम चाल्नुपर्ने देखिन्छ । विरामी वोक्ने एम्बुलेन्स सहितका अत्यावश्यक वाहेक पास बन्द गरौं, प्रहरीले विना कारण सडकमा निस्कन नदिऔं । अहिले कोरोना संक्रमण रोकथामका लागी संघिय सरकार, प्रदेश सरकार र स्रोतसाधन तथा प्रयाप्त जनशक्तिको अभावका विचमा पनि स्थानिय सरकारहरू, सवै सरकारी संयन्त्र, निजिक्षेत्र, सञ्चारकर्मीले खेलेको भुमिका महत्वपूर्ण छ ।
अझ राज्यका तिनै तहका सरकारहरू पुरै पारदर्शी ढंगले यो जोखिमपूर्ण अवस्थामा नागरिकलाई जस्तो सुकै सेवा सुविधा दिने उनिहरूको सुरक्षा गर्ने कुरामा सहकार्य र एकतावद्ध एवं एकरूपताका साथ लाग्नुपर्छ । नागरिकले सवै तहका सरकारवाट असल अभिभावकत्व पाएको महसुस गरेनन् भने यसको असर तिनै तहका सरकारको अलवा सरकार सञ्चालन गरेको नेतृत्वकर्ता पार्टीमा पनि देखिने छ । लेखक : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानका नेता हुनुहुन्छ ।
सल्यान टुडेबाट साभार गरिएको ।
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट