सरकारले ल्याएकाे नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् : डा. महत
‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ’, सरकारको नीति तथा कार्यक्रमलाई आरोप लगाउँदै उहाँले भन्नुभयोे, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’
रिपाेर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै महतले भाषण गरेको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको नसुहाएको आरोप लगाउनुभयो । उहाँले भन्नुुभयो, ‘दुई घण्टा लामो भाषण गरियो । यति सरकारकाे नीति पेश गर्न यति लामो भाषण त नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।’
त्यस्तै ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएकाे पनि उहाँकाे भनाइ थियाे ।
यस्तै आफ्नो पार्टी निकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याइएको प्रति पनि उहाँले गुनासो पाेख्नुभयो ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







