सरकारले ल्याएकाे नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् : डा. महत

   
त्रिवेणी अनलाइन
२१ बैशाख २०७६, शनिबार १२:५८ मा
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अपरिस्कृत निबन्ध जस्तै  भएको बताउनुभएको छ ।

‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ’, सरकारको नीति तथा कार्यक्रमलाई आरोप लगाउँदै उहाँले भन्नुभयोे, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’

रिपाेर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै महतले भाषण गरेको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको नसुहाएको आरोप लगाउनुभयो । उहाँले भन्नुुभयो, ‘दुई घण्टा लामो भाषण गरियो । यति सरकारकाे नीति पेश गर्न यति लामो भाषण त नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।’ 

त्यस्तै ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएकाे पनि उहाँकाे भनाइ थियाे । 
यस्तै आफ्नो पार्टी निकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याइएको प्रति पनि उहाँले गुनासो पाेख्नुभयो । 

]]>
तपाइँको प्रतिक्रिया
Array