शारदा नगरपालिकाले गर्याे दैनिक मजदुरी गर्ने घरपरिवारलाई राहत बितरण

   
त्रिवेणी अनलाइन
१५ चैत्र २०७६, शनिबार १५:०५ मा
[Sassy_Social_Share total_shares="ON"]

१५ चैत्र सल्यान :
शारदा नगरपालिकाले राहत बितरण गरेको छ।दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पाल्दै आईरहेका अति बिपन्न परिवारलाई नगरपालिकाको सहयोग र श्रीनगर बजार ब्यबस्थापन समितिको ब्यबस्थापनमा राहत बितरण गरेको हो।

महामारीको रुपमा फिलिएको कोरोना भाईरस(कोभिड 19)संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनमा दैनिक मजदुरी गरेर आफ्नो परिवारको दैनिकी जोहो गर्दै आईरहेका अति बिपन्न परिवारहरुलाई मर्कामा परेपछी जिल्लामै नगरपालिकाले पहिलोपटक राहत बितरण गरेको हो।लकडाउनकाबेला दैनिक ज्यालादारिका सम्पुर्ण कामहरु बन्द भएपछि उनिहरुलाई परिवार पाल्न राहतहोस भन्ने उद्देश्यले राहत स्वरूप खाद्यान्न सामाग्री बितरण गरिएको शारदा नगरपालिकाका प्रबक्ता दिपक हमालले बताएका छन।

जिल्लाको प्रमुख ब्यापारीक केन्द्र श्रीनगरमा दैनिक मजदुरी गर्ने अति बिपन्न २० घरपरिवारलाई  नगरपालिकाको आर्थिक सहयोग र श्रीनगर बजार ब्यबस्थापन समितिको ब्यबस्थापनमा शनिबार राहत बितरण गरिएको हो।बजार ब्यबस्थापन समितीले दैनिक ज्यालादारीमा काम गर्न्र अति बिपन्न मजदुरहरुको पहिचान गरि पहिलो चरणमा उक्त राहत सामाग्री बितरण गरेको बजार ब्यबस्थापन समितिका अध्यक्ष हपिस भन्डारिले बताएका छन।

उनका अनुसार प्रती ब्यक्ती २५ किलो एक बोरा चामल,२ बोतल खाने तेल,२ किलो दाल र २ पोका नुन बितरण गरिएको हो।बजारभित्र कामगर्ने अतिबिपन्नका परिवारहरु सङ आर्थिक अभाब भएको देखिएकाले उनिहरुलाई २ महिना सम्म पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको उनले बताए।

नगरपालिकाका प्रबक्ता एबम वडा नम्बर १२ का अध्यक्ष दिपक हमाल,बजार ब्यबस्थापन समितीका अध्यक्ष हपिस भन्डारी,उद्योग बाणिज्य संघ सल्यानका निबर्तमान अध्यक्ष सुधन श्रेष्ठ, पत्रकार नवीन पौडेल ,समाजसेवी बिरेन्द्र भन्डारी लगाएतको उपस्थितिमा २० घरपरिवारलाई राहत बितरण गरिएको हो।

लकडाउनको समयमा कुनैपनि ब्यक्तीलाई कुनैपनी अत्यावश्यक सहयोग चाहिएमा बजार ब्यबस्थापन समितिले सहयोग माग्न अपिल गरेको छ।
बजार ब्यबस्थापन समितीका अध्यक्ष हपिस भन्डारी र महासचिव गोकर्ण बुढाथोकीले एक बिज्ञपति जारी गर्दै कुनैपनि सहयोग चाहिएमा बजार ब्यबस्थापन समितिलाई सम्झनहुन अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu