blank

भरतपुरमा आइसोलेशनमा उपचार गराइरहेका युवकको ज्यान गयो

   
त्रिवेणी अनलाइन
११ चैत्र २०७६, मंगलवार १४:११ मा

चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक युवकको ज्यान गएको छ ।

वीरगञ्ज २२ जगन्नथापुरका ३० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालले जनाएको छ ।
 
अस्पतालले विज्ञप्ति निकालेर बिहान साढे ९ बजे यादवको ज्यान गएको पुष्टि गरेको छ । अस्पतालका अनुसार यादव पहिलेदेखि नै ‘लुपुस’ भन्ने रोगका कारण ग्रसित हुनुभएका र उनको मिर्गौला समेत कमजोर रहेको थियो । 

निमोनिया र ज्वरोको लक्षण देखिएपछि गएको ९ गते उहाँ भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालमा भर्ना हुनुभएको थियो । यादवलाई आइसोलेशनमा राखिएको थियो । उहाँको स्वाबको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।

स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण पुष्टि हुने अस्पतालले जनाएको छ । 

Soucre : Ujayaalo Online

तपाइँको प्रतिक्रिया
Array