भरतपुरमा आइसोलेशनमा उपचार गराइरहेका युवकको ज्यान गयो
चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक युवकको ज्यान गएको छ ।
वीरगञ्ज २२ जगन्नथापुरका ३० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ति निकालेर बिहान साढे ९ बजे यादवको ज्यान गएको पुष्टि गरेको छ । अस्पतालका अनुसार यादव पहिलेदेखि नै ‘लुपुस’ भन्ने रोगका कारण ग्रसित हुनुभएका र उनको मिर्गौला समेत कमजोर रहेको थियो ।
निमोनिया र ज्वरोको लक्षण देखिएपछि गएको ९ गते उहाँ भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालमा भर्ना हुनुभएको थियो । यादवलाई आइसोलेशनमा राखिएको थियो । उहाँको स्वाबको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।
स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।

Soucre : Ujayaalo Online
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






