कोरोना भाइरसबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ
कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएका थिए ।
पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको छ । ‘२५ जनाभन्दा बढी मान्छे भेला नहुने भन्ने सरकारको आदेशलाई उल्लंघन गरेका छन्’, कास्की प्रहरी प्रवक्तासमेत रहेका डीएसपी राजकुमार केसीले भने, ‘सोझासादा मान्छे भेला गएर भ्रम फैलाएका रहेछन् ।’
यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । उनको प्रवचनको भिडियो भाइरलै भएको थियो । पोखराको तालचोकमा स्थानीयलाई जम्मा पारेर प्रभु यशुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । ‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन’, आचार्यले प्रवचनमा दाबी गरेका थिए, ‘प्रभु यशुको कृपा चीनमा रहेको छ ।’
प्रभु यशुको कृपाबाटै चीनमा भाइरस नष्ट भइसकेको उनको भनाइ थियो । प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यको स्थायी ठेगाना भने जुम्ला हो ।
यसअघिदेखि नै उनले नेपालको कानुन विपरीत क्रिश्चियन धर्म फैलाउने काम गर्दै आएका थिए ।‘विपदको बेलामा सहयोग गर्नुको साटो अफवाह फैलाएर असहयोग गरे’, डीएसपी केसीले भने, ‘उनीविरुद्ध अफवाह फैलाएको मुद्दा चलाउँछौं ।’
Anaapurna post
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






