त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन थाल्यो, निःशुल्क बितरण गरिदै
चैत ६, सल्यान
जिल्लाको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको सन्त्रासका कारण मास्कको अभाव हुन थाले पछि गाउँपालिकाले मास्क उत्पादन गर्न थालेको हो ।
स्थानीय २० जनालाई सिलाई कटाई तालिम दिएर मास्क उत्पादन सुरु गरेको त्रिवेणाी गाउँपालिकाले जनाएको छ । अहिले दैनिक तीन सय मास्क उत्पदान भई रहेको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले बताए ।
यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव हुन थालेपछि मास्क उत्पादन सुरु गरेको उनको भनाई छ । विगतका वर्षहरुमा विभिन्न सिपमुलक तालिम दिई रहेको समयमा यस वर्ष विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरसबाट बच्न मास्क उत्पादन सम्बन्धि तालिम दिएर उत्पादन गरी रहेका छौं ।
उत्पादन भएको मास्क पहिलो चरणमा गाउँपालिका भित्रका सम्पूर्ण कर्मचारीलाई निःशुल्क वितरण गरिएको र अव गाउँपालिका भित्रका सम्पूर्ण नागरिकलाई वितरण गरिने वित्रेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । बजारमा मास्क पाउन निकै मुस्किल हुन थाले पछि गाउँपालिकाको लगानीमा मास्क उत्पादन सुरु गरिएको उनको भनाई छ ।
भिडियो हेर्नुहोस ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







