बागचौर नगपालिका सल्यानले गर्याे कोरोनाबाट बच्नको लागि अन्तरक्रिया कार्यक्रम
सल्यानको बागचौर नगरपालिकाले नोभल कोराना भाइरस संक्रमण रोकथामका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार पत्रकार, शिक्षक, स्वास्थ्यकर्मी तथा संचारकर्मी संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले नोभल कोराना भाइरस संक्रमण हुन नदिन सम्पुर्ण नगरवासीले ब्यक्तिगत सरसफाइमा ध्यान पुर्याउन आवश्यक रहेको बताएका छ्न । बिश्वब्यापी महामारीको रुपमा फैली रहेको नोभल कोराना भाइरसको संक्रमण जतिबेला पनि नेपालमा फैलिन सक्ने सम्भावना भएकाले त्यता तिर ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरेका हुन ।

सरोकारवाला निकायहरुको उपस्थित रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बुढाथोकीले पछिल्लो समयमा सामाजिक संजालमा देखिने, भ्रमित टिकाटिप्पणीले मानिसको मनस्थितिमा नकारात्मक प्रभाव परेकाले त्यस्तो नगर्न सबैलाई अनुरोध समेत गरेका थिय ।
बागचौर नगरपालिकाका सम्पुर्ण बिधालयका प्र.अहरु,स्वास्थ्य संस्थाका प्रमुख प्रतिनिधि,संचारकर्मी,पत्रकार लगाएतको उपस्थित रहेको कार्यक्रममा नोभल कोरना भाइरस लाग्न नदिने उपाय कोरोनाको पक्षिल्लो अवस्था लगाएतका बिभित सचेतनामुलक बिषयको बारेमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका प्रमुख डाक्टर प्रसुन राईले प्रशिक्षण दिएका थिय । कोरोना भाइरस कसरी सर्छ,कोरोनो भाइरसका लक्षणहरु केके हुन,कोरोना भाइरसबाट कसरी बच्ने लगाएतका बिषयमा उनले प्रशिक्षण दिएका हुन ।

बागचौर नगरपालिकाका स्वास्थ्य सहसंयोज धनिराम केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा दर्जनौ सहभागीले कोरोना भाइरस सम्वन्धी उठाएका जिज्ञासा्को बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रमको संचालन बागचौर नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले गरेका थिय ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






