blank

घरेलु मदिरा पिउँदा एकै गाउँका आठ जनाको मृत्यु

   
त्रिवेणी अनलाइन
१ चैत्र २०७६, शनिबार १४:२० मा

धनुषामा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। होली पर्वमा घरेलु मदिरा सेवन गर्दा अहिलेसम्म एकै गाउँका आठ जनाको मृत्यु भएको हो। मदिरा सेवनकै कारण सिकिस्त भएका अन्य पाँच जनाको उपचार भइरहेको छ। यसैबीच क्षिरेश्वरनाथ नगरपालिका-२ कै मोसराम यादव र सत्रोहन मण्डलको आज बिहान मृत्यु हुँदा मर्नेको संख्या ८ पुगेको हो।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडा- २ रमदैयाकै ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय राम विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, वडा नं. १ का ३६ वर्षीय रामनारायण महरा, २५ वर्षीय इन्द्रजीत महरा, ३० वर्षीय राजु महरा(भारतीय) नागरिकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

Setopati

तपाइँको प्रतिक्रिया
Array