स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


फागुण, २९ सल्यान
सल्यानको त्रिबेणी गाउँपालिका स्तरिय स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डागीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्यहरु र स्वास्थ चौकीका प्रमुखहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा कोरण भाईरस सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको थियो । साथै गाउँपालिका भित्रका १ हजार ३५१ बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान अन्तर्गत आगामी चैत ८ गतेदेखि चैत १२ गते सम्म ९ महिनाभन्दा माथि र ५ वर्ष मुनिका बालबालिकालाई सो खोप लगाइने भएको हो ।


दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा रुबेला खोप अभियान सञ्चालन हुन लागेको त्रिबेणी स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिए । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन यो अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा९रुबेला खोप अभियानका लागि गाउँपालिका भित्रका ६ वडाका बिभिन्न स्थानमा ३७ खोप केन्द्र बनाई १ जना स्वास्थ्यकर्र्मी र २ जना स्वयंसेवक परिचालन गर्ने तयारी गरेको जानकारी दिए । यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।






- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री