नीतिनको नयाँ वेब सिरिज ‘बाजी’
‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको नेपाली वेब सिरिज हो। दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जिन्दगी नै बाजीमा पर्छ भन्ने मुख्य विषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए।
‘बाजी’ मा वियोन्ड र निर्जला खनालको प्रमुख अभिनय छ। वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन्। उनका ‘आइदेऊ न’, ‘लै लै’, ‘किच किच’, ‘ओ मैचा’ लगायतका गीत युट्युबमा चर्चित छन्। निर्जला चर्चित आरजे हुन्। वियोन्ड र निर्जलाले ‘पर्खांइ’ नामक लघुचलचित्रमा अभिनय गरिसकेका छन्। उक्त चलचित्रमा यो जोडीलाई रुचाइएको थियो।
यो सिरिज जेठ २ गते देखि प्रत्येक बिहीबार योर स्टाइलको युट्युब च्यानलमार्फत प्रसारण हुने बताइएको छ। योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ शृंखलासम्म प्रसारण हुनेछ। योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए।
]]>- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







