रनिङ्ग शिल्डको उपाधि जनता मावि रागेचौरलाई
संजिब शर्मा, फागुन २१, सल्यान
स्थानीय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री जनता मा.वि. रागेचौरले जितेको छ । चारदिनसम्म चलेको प्रतियोगितामा जनता मा.वि. रागेचौरले ९स्वर्ण, ५ रजत र २ कास्य सहित उपाधि जितेको हो ।
यस्तै श्री नारायण मा.वि. रुमालगाउँ दोस्रो भएको छ । उक्त विद्यालयले ९ स्वर्ण, ४ रजत र ३ कास्य हात पारी दोस्रो भएको हो । बुद्ध जनकल्याण मा.वि. बडागाउँ ४ स्वर्ण, ५रजत र २ कास्य सहित तेस्रो भएको छ । राष्ट्रपति रनिङ शिल्डमा कुमाखका ११ वटा मा.वि. विद्यालयहरुले सहभागी जनाएका थिए। ।
प्रतियोगितामा प्रथम, दित्तिय, तितृय र सान्त्वना हुने विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । । कुमाख गाउँपालिकाको फिल्ड मा १८ गतेबाट सुरु भएको खेल बुधबार सम्पन्न भएको हो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







