blank

सल्यानमा घर जलेर एक बालकको मृत्यु

   
त्रिवेणी अनलाइन
२१ फाल्गुन २०७६, बुधबार ११:३७ मा

आफ्नै घरमा लागेको आगोमा जलेर सल्यानमा एक बालकको ज्यान गएको छ । शिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षिय छोरा दुर्गा बहादुर बुढाथोकीको आगोमा जलेर ज्यान गएको हो ।
मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकी घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए ।
घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अबस्था मृत भेटिएको प्रहरीले जनाएको छ । आगो कस्ले किन लगाएको भन्ने एकिन नभएता पनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैले आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरी अहिले घटनास्थलमा पुगेको र अनुसन्धान भईरहेको बताएको छ । मृतक बालकलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान ल््याउने तयारी भईरहेका प्रहरी जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array