त्रिबेणीमा घाईते अबस्थामा भेटिएको रतुवालाई उपचार गरि जंगलमा छोडियो
सल्यान १७, फागुन ।
सल्यानमा घाईते अबस्थामा भेटिएको रतुवाको उपचार पश्चात जंगलमा छोडिएको छ । जिल्लाको त्रिबेणी गाउपालिका स्थित सल्लेखोलामा शुक्रबार घाईते अबस्थामा भेटिएको रतुवाको उपचार पश्चात शनीबार आज जंगलमा छोडिएको डिभिजन बन कार्यालय सल्यानले जनाएको छ ।
हिमाली सामुदायिक बन अन्र्तगत सल्लेखोलामा कुकुरले लखेटिरहेको अबस्थामा स्थानियले रतुवाको उद्धार गरेर त्रिबेणी सवडिभिजन बन कार्यालय लुहाममा बुझाएका थिए । घाईते रतुवालाई डिभिजन वन कार्यालयमा ल्याएर उपचार पश्चात आज सम्बन्धित बनमा नै छोडिएको निमित्त डिभिजनल बन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो ।
यदाकता बिगतमा स्थानियले जंगली जनावरको चोरी सिकारी गर्दै आएका छन् । तर जंगली जनावरको चोरी सिकारी गर्दा कानुनी कारबाही हुने भएपछि पछिल्लो समय स्थानियले जंगली जनावरको संरक्षण गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







