नेकपा मालेका महासचिव मैनाली कार दुर्घटनामा, अवस्था गम्भीर
काठमाडौं, १५ फागुन । नेकपा (माले)का महासचिव सीपी मैनाली कार दुर्घटनामा पर्नुभएको छ ।
विहीबार महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनालीको चढ्नुभएको बा ४ च २१२० नम्बरको कार र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी राजकुमार चापागाईंका अनुसार मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मैनालीको टाउको र छातीमा चोट लागेको बताइएको छ ।
थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर मगाइएको बताइएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







