यात्रुहरुको सुरक्षाका लागि सल्यानमा ‘एक गाडी एक स्टिकर’ अभियान,
यात्रुहरुको सुरक्षित यात्राको लागि सल्यानमा एक सवारी साधन एक स्टिकर अभियान संचालन गरिएको छ । सल्यान जिल्लाबाट जिल्ला भित्र र जिल्ला बाहिर छुट्ने लामो तथा छोटो दुरीका सम्पूर्ण सवारी साधनमा स्टिकर टाँसिने भएको छ ।
शुक्रबारबाट स्टिकर गाडीहरुमा टाँसेर अभियानको सुरुवात गरिएको हो । छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले अभियानको संचालन गरेको हो ।
यात्राको समयमा कोही कतैबाट पनि यात्रा अवधिभर सहज ढंगले यात्रा गर्नु नपरोस र सवारी दुर्घटना न्युनिकरण गर्न यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । सास्तिपूर्ण यात्रा भोगिरहेका यात्रु प्रत्यक्ष लाभान्वित हुने लक्ष सहित अभियान सञ्चालन गरिएको उनको भनाई छ ।
स्टिकरमा सवारी साधनमा महिलामाथि यौनहिंसा, दुव्र्यवहार भएमा, चालक सहचालकले मापासे गरेमा, अभद्र व्यबहार गरेमा बढी भाढा असुली गरेमा जिल्ला स्थित सम्प्र्ण प्रहरी युनिटहरुको स्थायी फोन नम्बर र प्रमुख जिल्ला अधिकारीको स्थायी नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

यस्तै क्षामता भन्दा बढी यात्रु बोकेमा, सहचालकले सवारी चलाएमा, चालकले लापरवाही गरेमा, लामो दुरीमा एकै जना चालकले मात्र सवारी चलाएमा, आरक्षण सिटको कार्यन्वयन नगरेमा तथा कुनै पनि ट्राफिक नियम उलंघन गरेमा, चेकजाँचको क्रममा प्रहरीले दुव्र्यबहार गरेमा, शंकास्पद व्यक्ति वा फेला परेमा तत्काल स्टिकरमा लेखिएको नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।
त्यस्तै स्टिकरमा जिल्लाका प्रमुख पर्यटकिय स्थलहरुको फोटो समेत समावेश गरिएको छ । “घुम्न जाऔं सल्यान” नाम दिएर जिल्लाका प्रमुख पर्यटकिय स्थल कुपिण्डे ताल, खैराबाङ मन्दिर, छत्रेश्वरी शक्तिपिठ, सल्यानको सबैभन्दा अग्लो जथाक लेक, शंखमुलमा बन्न लागेको नेपालकै सबैभन्दा ठुलो शंखको नमुना राखिएको छ ।
सवारी साधनमा सहज यात्राका साथै जिल्लाको आन्तरिक तथा वाह्रय पर्यटन प्रवद्धनमा यस अभियनले साथ दिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






