स्थानीय लोक संस्कृतिकको संरक्षण गर्दै सल्यानको त्रिबेणी गाउँपालिका
लोपोन्मुख कला संस्कृतिको संरक्षण एव प्रवद्र्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले पहल चालेको छ । स्थानीय लोक संस्कृति संरक्षण गर्न प्रस्तुतिकरण गरिएको हो । समाजमा परम्परादेखी चली आएका पुराना संस्कृतिको जगेर्णाका लागि मंगलबार गाउँपालिकाले त्रिवेणी तिर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरेको हो ।

पुराना लोक कला र संस्कृतिको पुस्ता हस्तान्तरण नहुदाँ लोप हुन लागेको भन्दै गाउँपालिकाले संरक्षण अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए । जिल्लाका गाउँबस्तीमा रहेका परम्परा युवापिढीले स्वीकार गर्न नसक्दा बुढापाकाहरुसँगै हराउन थालेपछि त्यसको संरक्षण एव प्रवद्र्धनका लागि लोककला सस्कृति सम्मेलनको स्थानीय लोक संस्कृति संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

कला र संस्कृतिको प्रर्वद्धधन र विकासका गाउपालिकामा रहेका बिभिन्न प्रस्तुतीहरु प्रर्दशन गरिएको थियो ।गत बर्ष जस्तै यस बर्ष पनि गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।
युवाहरुर्लाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृति संरक्षखणमा अग्रसर गराउन र समाजमा लेकेर रहेका लोक संस्कृतिलाई पहिचान, प्रवद्र्धन र प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरिएको डाँगीको भनाई रहेको छ । सम्मेलनमा बिभिन्न २१ वटा स्थानिय लहरे, पैसेरु, सोरठी, बन्गाडी टप्पा लगाएका बिभिन्न परम्परागत संस्कृतिहरुको प्रस्तुत गरिएको थियो । उनिहरु सबै समूहलाइ प्रोत्साहनको लागि नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्रिवेणीमा कृर्षि, पर्यटन, ब्यापार र पूर्वाधार ः गाउपालिकाको समृद्ध र बिकासको आधार भन्ने नाराका कार्यक्रमको आयोजना गरिएको हो ।सो अवसरमा गाउँपालकिाले गाउँपालिका स्तरीय उत्कृष्ठ हुने विद्यालयलाइ सम्मानित ग रेको थियो भने । तिर्थशाला धाममा निर्मित वृद्धाश्रम समेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, छत्रेश्वरी अध्यक्ष सन्तोष केसी लगायतको उपस्थती रहेको थियो । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारले दोहोरी गीत प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाइ उपाध्यक्ष करुणा खड्काले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन बसन्त रावतले गरेका थिए ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






