सल्यानमा रुखबाट लडेर एकको मृत्यू १ घाईते

   
त्रिवेणी अनलाइन
५ फाल्गुन २०७६, सोमबार ०९:०९ मा

सल्यान ५, फागुन,
सल्यानमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के निवासी २१ बर्षिया कल्पना आचार्यको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको हो ।

आईतबार बिहान करिब ८ बजे तीर घर नजिकैको कोटमिराको घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते आचार्यलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । उनको सोमबार आज बिहान ३ बजे उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array