सल्यानमा निखिल लाई १२ हजार दर्शकको साथ, भोलि ज्योति मगर आउदै

   
त्रिवेणी अनलाइन
३ फाल्गुन २०७६, शनिबार १९:०३ मा
[Sassy_Social_Share total_shares="ON"]

फागुन,३ सल्यान । बुधवारबाट संचालित प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ आज पनि जारी रहेको छ । कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन्चालित महोत्सबको चौथो दिनमा महोत्सव अवलोकन गर्ने दर्शकले महोत्सव स्थल खचाखच भरिएको छ ।

शनिवारमात्रै करिब १२ हजार दर्शकले महोत्सव अवलोकन गर्न आएको आयोजकले जनाएको छ । ११ दिन सम्म संचालन हुने प्रादेशिक महोत्सबमा आज फागुन ३ गतेका दिन नायक निखिल उप्रेति आएका थिए भने लोक गायक शक्ती चन्द,गायिका बिन्दा परियार,मोडल अस्मिता पुरीको प्रस्तुति रहेको थियो । पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्ने बिश्वासका साथ आयोजना गरिएको महोत्सबमा शानिबारको दिन राम्रो दर्शक पाएको र दर्शकको साथ लाई निरन्तरता दिनको लागी कार्यक्रम लाई अझ शशक्तरुपले अगाडी बढाउने महोत्सव सांस्कृतिक समितिका संयोजक तथा निबर्तमान अध्यक्ष सुधन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अगामी दिनमा कमला घिमिरे,माग्ने बुढा, प्रमोद खरेल लगायतका उत्कृष्ट कलाकारहरुको आगमन हुने श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्सव अवलोकन गर्न आउने सबै दर्शकलाई एउटै थलोमा विविध कार्यक्रम आयोजकले राखेको छ । विद्यार्थीका लागि शैक्षिक प्रदशनी, किसानका लागि कृषि तथा पशु प्रर्दशनी लगायत ,राष्ट्रिय तथा स्थानीय कलाकारको बझोड प्रस्तुति रहेका छन् । सल्यानका १० वटा स्थानियस्तरका कलाकारको दोहोरी प्रतियोगिताले दर्शकको ताली खुबै पाएको थियो । महोत्सबमा बाल उधान तथा रमाइलो मेला, हरेक दिन दोहोरीको घम्साघम्सी, स्थानीय जडीबुटीको कनिबेच, स्थानिय उत्पादित बस्तुको किनबेच, स्वदेशी तथा विदेशी उत्पादनको किनबेच, नेपाली, मगर, र चमेना गृह सञ्चालन,कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकिय स्थलका फोटो हरु पनि प्रर्दशनि गरेको थियो । त्यसै गरी फागुन ४ गते लोक गायिका त्योति मगर सल्यान आउने भएकि छिन भने गायक तथा संगितकार हरि बिष्ट,गाष्किा चन्द्रा चलाउने, मोडेल टिका जैसि,कृष क्षेत्रि,काँसी राज अधिकारी लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu