डिप्रोक्स लघुवित्तको एक दिने केन्द्र गोष्टि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

   
त्रिवेणी अनलाइन
२८ माघ २०७६, मंगलवार १९:५५ मा

सल्यान २८ माघ, डिप्रोक्स लघुवित्त वित्तीय सस्था शाखा कार्यलय सल्यानले केन्द्र प्रमुख गोष्टी तथा वित्तीय साक्षरता कार्यक्रम लुहाममा सम्पन्न गरेको छ । उक्त गोष्टी तथा वित्तयि साक्षरता कार्यक्रम चेतना महिला समुह छत्रेश्वरी ३ झिम्पेकी केन्द्र प्रमुख शारदा घर्तिको अध्यक्ष्ता तथा त्रिबेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डांगीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।


कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी डांगीले स्थानिय स्तरमा लघुवित्त संस्थाहरुले खेलेको भुमिका र राष्ट्र बिकासमा यसको महत्वको बारेमा प्रशंसा गर्नुका साथै बित्तिय रुपमा अशिक्षित महिलाहरुबाट कर्जाको दुरुपयोग हुन गई अबान्छित रुपमा घटेका घटनाहरुमा सिंगो संस्थाको नाम जोडिन जानु निकै दुख लाग्दो रहेकोले यस प्रति सचेत हुन र कर्जाको सहि परिचालन गर्न आब्हान गरेका थिए । डिप्रोक्स लघुवित्त कर्णाली प्रदेस प्रदेश प्रमुख वेद प्रशाद देवकोटाले कार्यक्रमको औचित्य तथा सहभागी हरुको सुझाव तथा गुनासोको व्याख्या गरेका थिए ।
त्रिबेणी शाखा प्रबन्धक माधब श्रेष्ठले शाखाको अवस्था , प्रदान गरेका सेवा, तथा प्रमुखले केन्द्रमा खेल्नुपर्र्ने भुमिकाकोबारेमा प्रकाश पारेका थिए ।


हालसम्म १३३८ जना सदश्यहरु रहेको संस्थाको बचत २९७९४६९९ रहेको छ भने कर्जा प्रवाह ३८५७१६७६ रहेको छ ।
कार्यक्रमको संचालन डिप्रोक्स लघुवित्त वित्तीय सस्था शाखा कार्यलय त्रिबेणीकी कर्मचारी सिता भण्डारी गरेको कार्यक्रममा त्रिबेणी गाउँपालिका सल्यानका उपाध्यक्ष करुणा खड्का, वडा नं ६ का वडाअध्यक्ष मान बहादुर वलि विभिन्न केन्द्रका ६० जना प्रमुखहरुको उपस्थतिती रहेको थियो ।


तपाइँको प्रतिक्रिया
Array