शिक्षा क्षेत्रको विकासमा बलियो पिलरकाे आवश्यक्ता छःशाह
सल्यान ।कर्णाली प्रदेशसभा सदस्य तथा सल्यान प्रदेश सभा क बाट निर्वाचित साँसद गुलावजंग शाहले विकासको पहिलो आधार शिक्षा भएकाले शिक्षा क्षेत्रको विकासमा चार पिलरका आवश्यक्ता रहेको बताउनु भएको छ ।

बिद्यार्थी,शिक्षक,अभिभावक र राजनीति गर्ने नेतृत्वहरु मिलेर शिक्षाको विकास गर्न सकिनेमा उहाँको जोड रहेको छ । छत्रेश्वरी वडा न ४ मा रहेको लक्ष्मी मावि जयचौरको ४५ औं बार्षिक उत्सव तथा अभिभावक भेला लाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘अहिलको शिक्षाको पाठ्यक्रम समय अनुसार बनाउनु पर्छ उहाँले भन्नुभयो,शिक्षा व्यवसायमुलक र स्वरोजगामुलक हुनुपर्छ।’शिक्षा क्षेत्र वालबालिकाको सर्वाङगिन विकास गर्ने ठाउँ भएकोले शिक्षा क्षेत्रमा सबै मिलेर काम गर्नु पनमा उहाँको जोड थियो ।
राजनिती गर्ने व्यक्तिले पद प्राप्त गर्नका लागि मात्र नभइ जनताका जनजिविका र जनअपेक्षाका लागि काम गर्न उहाँले जनप्रतिनिधि लाई आग्रह समेत गर्नुभयो । प्रविधिमैत्री शिक्षा प्रदान गर्ने समयमा यस क्षेत्रका केही वडामा इमेल इन्टरनेट र फोनले काम नगर्दा सन्चारबाट वन्चित भएको कुराले आफुलाइ दुखी बनाएको बताउनुभयो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले आफु जुनसुकै पार्टीबाट चुनाव जितेर जनप्रतिनिधि भएपनि अहिले साझा रुपमा विकास निर्माणमा लागेको बताउनु भयो । उहाँले यस वडाको अन्य विकास संगै शिक्षा क्षेत्रको विकासमा पनि लागी परेको बताउनुभयो ।उहाँले विकासका नाममा शिक्षामा राजनिति नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा प्रदेश कमिटी सदस्य हरि केसीले अबको लडाइँ पार्टी गत लडाइँ नभई विकासको लडाइँ भएको बताउनु भयो ।सामाजिक रुपान्तरणका लागी अब नेतृत्व वर्गले क्रान्ती गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा गाउँ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीय विकासका लागी जो जसको जहाँ पहुँच छ त्यहीँबाट एक जुट भएर विकास गर्न आफु लागी परेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नेव ब खडकाले विकासका पहिलो खुड्किला शिक्षा भएकोले आफु निर्वा्चित भए देखि लागि परेको बताउनुभयो ।
विव्यस अध्यक्ष ज्ञान ब खडकाको अध्यक्षतमा सम्पन्न कार्यक्रमकोसन्चालन लेखापाल जनक केसीले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य शिक्षाका जानकी कुमारी वलिले गर्नु भएको थियो ।

जिल्ला दौडाहा मा रहेका साँसद शाहले आजनै बिहान कृष्ण मावि पोखरी डाडामा स्कुलको शैक्षिक तथा भौतिक अबस्था बारे अध्ययन अबलोकन गर्नु भएको थियो भने छत्रेश्वरी वडा न ४ मा आफ्नो वडाको विकास बारे वडा कार्यालयमा छलफल गर्नु भएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह