blank

चट्याङ लागेर दाङमा दुई बालबालिका सहित तिन जनाको मृत्यु

   
त्रिवेणी अनलाइन
२५ माघ २०७६, शनिबार १६:४९ मा

तुलसीपुर, २५ माघ ।
दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको ज्यान गएको प्रहरीले बताएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७  जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । यस्तै उता घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भिर घाईते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको निधन भएको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया
Array