कलङ्की टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए ।
अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो ।
यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका छन् । डीएसपी बोगटीका अनुसार नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको छ ।
अत्याधिक स्पिडमा रहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी बोगटीले बताए । उनले भने, ‘कलङ्की आसपास क्षेत्रको सीसीटिभी क्यामेरा हेर्दैछौँ ।’
मृतकहरुको शव त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी