उद्योग बाणिज्य संघ सल्यानले मनायो २५ औँ बार्षिक उत्सव

   
त्रिवेणी अनलाइन
२२ माघ २०७६, बुधबार २०:१२ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान, २२ माघ । सल्यान उद्योग बाणिज्य संघ सल्यानले आज विशेष कार्यक्रम गरी ९ औँ साधारण सभा तथा रजत जयन्ती मनाएको छ । २०५१ सालमा स्थापना भएको सल्यान उद्योग बाणिज्य संघ सल्यान २५ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा उक्त कार्यक्रम मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले सल्यान उद्योग बाणिज्य संघ सल्यानले लामो यात्रा पार गरेको र स्थापना कालदेखि हालसम्म व्यवसायीको हकहितको लागि उल्लेखनिय भूमिका खेलेको स्मरण गर्दै देश संघीयतामा गइसकेको अवस्थामा सरकारले निजि क्षेत्रका ब्यवसायीहरुको हितको लागि केही कदम चालिदिन आग्रह गरे ।

उद्योग बाणिज्य संघ सल्यान अब युवा अवस्थामा आइसकेकोले अब यसलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताए । सल्यान जिल्ला कृषि र पर्यटन ब्यबसायमा सम्भावना बोकेको जिल्ला भएकोले स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकारले जिल्लाको बिकासको निम्ती सोच्ने बेला भएको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर बिष्टले निजि क्षेत्र उद्योग बाणिज्य संघले आर्थिक बिकासको लागि महत्वपूर्ण भूमिका खेलिरहेको र देश बिकास गर्नको लागि लगानी बढाउनु पर्ने, त्यो लगानीको सुरक्षा सरकारले लिनु पर्ने जिकिर गरेका थिए ।

उद्योग बाणिज्य संघले ब्यवसायीहरु एक ढिक्का बनाई राखेकोले देश बिकासमा पनि टेवा पुग्नमा महत्वपूर्ण सहयोग पुगेको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए । उनले आफू सरकारमा भएकोले ब्यवसायी हकहितको लागि सबै भन्दा कम कर लिने नगरपालिका शारदा नगरपालिका रहेको बताए ।

उद्योग बाणिज्य संघले यो बर्षदेखि ब्यबसायीको निम्ती आजिबन सदस्य पनि बितरण गर्दै आजिबन सदस्य हुने ब्यवसायीलाई सम्मान गरेको थियो । उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले जिल्लामा एउटा निजी संस्थालाई यहाँसम्म ल्याउन पाउँदा खुसी रहेको र बिगतमा संघलाई यहाँ सम्म ल्याउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोले सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन ब्यक्त गरेका थिए ।

कार्यक्रममा जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रजक अलि, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुधन श्रेष्ठ, स्थानीय सरकारका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu