सवारी दुर्घटना कम गर्न टाईम कार्ड लागु
१९ माघ सल्यान:
सवारी दुर्घटना कम गर्न जाजरकोट– सल्यान–सुर्खेत सडकखण्डमा टाईम कार्ड लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा सो सडकखण्डमा टाइमकार्ड लागु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उक्त सडकखण्ड सडक साँघुरो र कच्ची भएका कारण टाईम कार्ड लागू गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन।साँघुरो सडकखण्डमा तीव्र रुपले गाडी चल्ने भएकाले दुर्घटनाको उच्च जोखिमलाइ न्युनिकरण गर्न टाइमकार्ड लागु गरिएको उनले बताए।
जस अन्तरगत रिम्ना – होलुखोला ९ किलोमीटर १ घण्टा, होलुखोला देखि खलंगा बसपार्क ६ किलोमीटर ४५ मिनेट, खलंगा बसपार्क मटेला ९ किलोमीटर ३० मिनेट, मटेला देखि कुदु सम्म ५ किलोमीटर २५ मिनेट, कुदुदेखी छेडाचौर २२ किलोमीटर १ घण्टा २० मिनेटको समय तय गरिएको छ ।यस्तै छेडाचौर देखि सुर्खेत राकम सम्म २४ किलोमीटर १ घण्टा ३० मिनेट, सुर्खेत राकम देखि सल्लिबजार सल्यान सम्म ३ किलोमीटर १० मिनेट, सल्लि बजार सल्यान देखि बोटेचौर सुर्खेत सम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय तय गरिएको प्रहरीले जनाएको छ ।
टाइमकार्डमा लागु भएको समयभन्दा पहिलानै गन्तव्यमा पुगेको पाइएमा जरिवाना गरिने समेत डिएसपी खतिवडाले जानकारी दिए ।उनले तोकिएको समयमा यातायातका सवारी साधन समयभन्दा पहिला पुगेको खण्डमा एक हजार देखी पाँच सय सम्म जरिवाना गरिने बताए।
तोकिएको समयसम्म सवारी साधन रोकेरमात्र गन्तव्यका लागी छोड्ने जानकारी दिदै उनले यश अभियानले सडक दुर्घटना कम गर्न मद्दत पुग्ने विश्वास लिएकाे बताए।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






