वीरेन्द्रनगरमा तनाव : टिपरको ठक्करबाट युवकको मृत्यु, युवतीले गरिन् आत्महत्या
१४ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् ।
मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भयो ।
घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भयो । मृतकको शव उठाउन खोज्दा तीन/चार हजार मानिस जम्मा भएर सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेको प्रहरीले बताएको छ । गाडीको सिसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ ।
प्रहरीले पनि २१ राउण्ड अश्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धीरबहादुर बुढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।
युवतीले गरिन् आत्महत्या
केेशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।
‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) पन्तले भने, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।
पन्तका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन ।
online khabar
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने