छत्रेश्वरि गाउँपालिकाको हिउदे अधिबेशन तथा गाउँ सभा सम्पन्न

   
त्रिवेणी अनलाइन
१४ माघ २०७६, मंगलवार २०:३९ मा
[Sassy_Social_Share total_shares="ON"]

१४  माघ /सल्यान :
सल्यानको छत्रेश्वरि गाउपालिकाको हिउदे अधिबेशन तथा गाउँ सभा सम्पन्न भयको छ।चालू आर्थिक बर्षमा अहिले सम्म भएका कामहरुको समिक्षा तथा विभिन्न निर्णय गर्दै सोमबार गाउँसभा सम्पन्न भएको हो।

गाउँ सभामा चालू आर्थिक बर्ष २०७६/०७७ को बार्षिक खर्च सम्बन्धी बृहत छ्लफल भएको गाउँपालिकाका प्रमुख प्रशासनकिय अधिकृत डिल्ली खड्काले बताएका छन।गाउँसभामा अहिले सम्म भयका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल,बजेट रकमान्तर,बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात् विभिन्न निर्णय भएको अधिकृत खड्काले बताए।

गाउँपालिका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुनबाकी कामहरुको बारेमा सातै वडाका अध्यक्षहरुले आआफ्नो धारण राखेका थिए।विशेष गरि वडा अध्यक्षहरुको धारणा बिकास र बजेटमा केन्द्रीत रहेको थियो।बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईयको थियो।

उक्त सभामा उठाएका सम्पुर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष सन्तोष केसिले जबाफ दियका थिए । सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष सन्तोष केसिले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको बताएका छन।हामिले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नअयका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएको उनले बताए।बाकि रहेका बिभीन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने उनले बताए।

अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रसंसा भयकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थितहरु सभा सदस्यहरुलाई अध्यक्ष केसिले आग्रह समेत गरेका छन।सभामा उपस्थित सबैजनाले सामुहिक रुपमा बिकासका काममा लाग्ने सबैले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनायका छन।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu