कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी
सल्यान १०, माघ ।
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार माया प्रसाद शर्मा र सुमित्रा बिसी विजयी हुनु भएको छ । शर्माले ३ हजार ६ सय १८ र बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गर्नुभएको हो । यसैगरी नेपाली कांग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गर्नुभएको थियो ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको थियो । सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना मतदाताले मतदान गरेका हुन् । कर्णालीमा कुल मतदातामध्ये तीनजना मात्रै उपस्थित भएनन् । कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका छन् ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






