कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी
सल्यान १०, माघ ।
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार माया प्रसाद शर्मा र सुमित्रा बिसी विजयी हुनु भएको छ । शर्माले ३ हजार ६ सय १८ र बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गर्नुभएको हो । यसैगरी नेपाली कांग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गर्नुभएको थियो ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको थियो । सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना मतदाताले मतदान गरेका हुन् । कर्णालीमा कुल मतदातामध्ये तीनजना मात्रै उपस्थित भएनन् । कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







