दाङमा ससुराको चक्कु प्रहारवाट वुहारीको मृत्यु
तुलसीपुर,
९ – माघ / दाङमा ससुराले प्रहार गरेको चक्कुबाट बुहारीको मृत्यु भएको छ । बुधबार राति करिव ८ बजेतिर गढवा गाउँपालिका वडा न। ४ रामनगर निवासी ६५ बर्षीय कुलमान कुवरले आफ्नी कान्छि बुहारी २७ बर्षीया बसन्ती कुवँर माथि चक्कु प्रहार गरेका थिए ।
स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारकोलागि नेपालगंज रेफर गरिएको थियो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डि.एस.पी सुमित खड्काले जानकारी दिए ।
मृतकका श्रीमान कुखुरालाई दाना दिन गएको बेलामा घरायसीे विवादमा ससुराले बुहारीलाई चक्कु प्रहार गरेको डि.एस.पी खड्काले बताए । मृतक कुवँरको पेट , ढाड र छातीमा चक्कु प्रहार गरिएको छ । मृतक कुवँरको ८ बर्षिय छोरी रहेकी छिन । चक्कु प्रहार गर्ने ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






