दाङमा ससुराको चक्कु प्रहारवाट वुहारीको मृत्यु

   
त्रिवेणी अनलाइन
९ माघ २०७६, बिहीबार १५:१३ मा
[Sassy_Social_Share total_shares="ON"]

तुलसीपुर,
९ – माघ / दाङमा ससुराले प्रहार गरेको चक्कुबाट बुहारीको मृत्यु भएको छ । बुधबार राति करिव ८ बजेतिर गढवा गाउँपालिका वडा न। ४ रामनगर निवासी ६५ बर्षीय कुलमान कुवरले आफ्नी कान्छि बुहारी २७ बर्षीया बसन्ती कुवँर माथि चक्कु प्रहार गरेका थिए ।

स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारकोलागि नेपालगंज रेफर गरिएको थियो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डि.एस.पी सुमित खड्काले जानकारी दिए ।

मृतकका श्रीमान कुखुरालाई दाना दिन गएको बेलामा घरायसीे विवादमा ससुराले बुहारीलाई चक्कु प्रहार गरेको डि.एस.पी खड्काले बताए । मृतक कुवँरको पेट , ढाड र छातीमा चक्कु प्रहार गरिएको छ । मृतक कुवँरको ८ बर्षिय छोरी रहेकी छिन । चक्कु प्रहार गर्ने ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu