त्रिवेणी गाउँपालिकाले शुरु गर्यो कुपोषण हटाउने अभियान
जिल्लाको एक गाउँपालिकाले कुपोषण हटाउन अभियान शुरु गरेको छ । पोषणमा सुधारका लागी त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि लगायत सरोकारवालाहरुले सामुहिक प्रतिबद्दता जनाएका छन् । दुइ वर्ष मुनिका बालबालिका र आमा को स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरि कुपोषण हटाउने अभियान थालेको गाउँपालिकाले जनाएको छ।
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/83436044_2639958882901612_1041327877615779840_n.jpg?resize=708%2C419&ssl=1)
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/83436044_2639958882901612_1041327877615779840_n.jpg?resize=708%2C419&ssl=1)
त्रिवेणी गाउँपालिका प्रमुख मान बहादुर डाँगीले त्रिवेणी गाउँपालिका लाइ पुर्ण पोषणयुक्त बनाउने लक्ष्यका साथ गाउँपालिका भित्रका प्रत्येक घरमा पुर्ण पोषण युक्त खाना खाने बानी बसाल्न अभियान थालिने बताउनु भयो । यस अभियानलाइ सफल बनाउन सबैले आजकै दिन बाट लाग्नु पर्छ उहाँले भन्नुभयो,‘सबैले आफैबाट शुरुवात गरेपछि असम्भव भन्ने केही छैन्। गाउँमा उत्पादन हुने भट्ट बेचेर सोयाबीन खाने होइन,आफैले उत्पादन गरेको मकै भटमास खाएपनि पोषणमा सुधार ल्याउन सकिन्छ ।’ उहाँले अर्गानिक उत्पादन बढाउने र बाहिर बाट निर्यात हुने सामाग्री घटाउने अभियानमा गाउँपालिका जुटेको बताउनु भयो ।
![](https://i2.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9811.jpg?resize=708%2C472&ssl=1)
![](https://i2.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9811.jpg?resize=708%2C472&ssl=1)
यस अभियानलाइ सफल बनाउन दलित विकास समाजको साझेदारीमा संचालित सुआहारा कार्यक्रम संग सहकार्य गरेर १००० दिने बच्चा र महिलाहरुका लागी पोषण सुधार अन्तरगत निति बनाइ कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष नै पोषण दुत
गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाका उपाध्यक्ष करुण खड्का लाइ पोषण दुत घोषणा गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिनुभयो ।
गाउँपालिकाका ग्रामीण क्षेत्रका आमाहरु लाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन गाउँपालिका उपाध्यक्ष लाइ पोषण दुतको जिम्मेवारी दिइएको छ । माघ ७ र ८ गते दुइ दिन सम्म संचालित एकीकृत स्वास्थय तथा पोषण सुधार कार्यक्रममा दिगोपना शुनिश्चितता कार्यक्रमपछि उहाँलाइ पोषण दुतको जिम्मेवारी दिइएको हो ।
![](https://i2.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9809.jpg?resize=708%2C472&ssl=1)
![](https://i2.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9809.jpg?resize=708%2C472&ssl=1)
गाउँपालिका उपाध्यक्ष तथा पोषण दुत करुणा खड्काले ‘सुनौला हजार दिन’ को अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउने बारे पनि ग्रामीण क्षेत्रमा बुझाउँदै जाने बताउनु भयो । उहाँले गाउँघरमा अझैपनि महिलाहरुले पोषण युक्त खान न पाउने भएकाले स्वास्थय सम्बन्धी समस्या आउने गरेको बताउनुभयो ।
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9820.jpg?resize=708%2C472&ssl=1)
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9820.jpg?resize=708%2C472&ssl=1)
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाको शिक्षा,स्वास्थ्य र पोषणको बारेमा जानकारी गाराउनु भयो । उहाँले पोषण सुधारका लागी सुआहाराले खेलेको भुमिकाको प्रशँसा गर्दै पोषण सुधारका लागी योजना बनाएर लाग्ने बताउनु भयो ।
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9967.jpg?resize=708%2C472&ssl=1)
![](https://i0.wp.com/coverkhabar.com/wp-content/uploads/2020/01/IMG_9967.jpg?resize=708%2C472&ssl=1)
यस्तै सुआहारा कार्यक्रमका जिल्ला संयोजक अमृत पौडेलले नेपाल सरकारको बहु क्षेत्रीय पोषण योजना जस्तै सुआहारा पनि एक कार्यक्रम रहेको बताउनु भयो । उहाँले सरकारले लिएको लक्ष्य अनुसार सुआहाराले पनि स्वास्थय,पोषण र सरसफाइका क्षेत्रमा काम गरि रहेको जानकारी दिंदै त्रिवेणी गाउँपालिकासंगको सहकार्यमा पोषण सुधारमा सफलता हासिल गर्न सकिने बताउनु भयो ।
त्रिवेणी स्वास्थय शाखा प्रमुश प्रभात श्रेष्ठले संचालन गरेको कार्यक्रममा दलित विकास समाज सल्यान डिडीएसका अध्यक्ष निम बहादुर नेपाली, सुआहारा दांग जिल्ला संयोजक सुरज गौतम लगायतकाले बोल्नु भएको थियो ।
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
- त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा