शान्तिसुरक्षालाई प्रभाबकारी बनाउन सुरक्षा समितिको बैठक

४ माघ २०७६, शनिबार १८:४५ मा प्रकाशित

ज्ञानु गौतम, माघ ४ रुकुम

अन्तर जिल्ला सुरक्षा समितीको बैठक चौरजहारिमा सम्पन्न भएको छ । आज शनिबार सम्पन्न बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत रुकुम, सल्यान जाजरकोट जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकले कसरी शान्ती सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला विच समन्वय गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो !

मदिरा नियन्त्रण, बिपत ब्यवस्थापन, लागु औषध नियन्त्रण, राजमार्ग अबरुद्ध हुननदिने लगाएतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनु भयो ! बैठकमा सुरक्षा अंगका प्रमुखले आआफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu