शान्तिसुरक्षालाई प्रभाबकारी बनाउन सुरक्षा समितिको बैठक
ज्ञानु गौतम, माघ ४ रुकुम
अन्तर जिल्ला सुरक्षा समितीको बैठक चौरजहारिमा सम्पन्न भएको छ । आज शनिबार सम्पन्न बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत रुकुम, सल्यान जाजरकोट जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकले कसरी शान्ती सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला विच समन्वय गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो !

मदिरा नियन्त्रण, बिपत ब्यवस्थापन, लागु औषध नियन्त्रण, राजमार्ग अबरुद्ध हुननदिने लगाएतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनु भयो ! बैठकमा सुरक्षा अंगका प्रमुखले आआफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







