सावर्जनिक बसमा हस्तमैथुन प्रकरण: पक्राउ परेका युवा भन्छन्- पैसा कमाउन यसो गरें

   
त्रिवेणी अनलाइन
२९ पुष २०७६, मंगलवार १५:५१ मा
[Sassy_Social_Share total_shares="ON"]

काठमाडौं : सार्वजनिक बसमा एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो बनाइ भाइरल बनाउने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर घर भएर काठमाडौं बस्ने रविन सार्की भनिने रविन रुचाल छन्।

२०७५ माघ मा सार्वजनिक भएको उक्त भिडियो रुचाल आफैंले पोर्न साईट र सोशल मिडियामा राखेर भाइरल बनाएका थिए। भिडियो भने साउनमै खिचिएको थियो। घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेको थियो। 

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका रविनले प्रहरी बयानमा पैसा कमाउनकै लागि आफूले बसभित्र उक्त हर्कत गरेको खुलाएका छन्।

प्रहरी अनुसन्धानमा रविन काठमाडौंको बानेश्वरमा रिक्सा चालकको काम गर्दै आएका थिए। पोर्न साइटमा यस्ता हर्कत देखेपछि पैसा कमाउने नाममा उक्त हर्कत गरेको बयानमा खुलाएका छन्।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu