सल्यानमा आगलागी हुँदा एक घर जलेर नष्ट
पुस २८, सल्यान । सल्यानमा आगलागी हुदा एक घर जलेर नष्ट भएकाे छ ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -१० निवासी चन्द्र बहादुर बुढाको घरमा आइतबार आगलागी हुँदा आगलागी १ लाख ५० हजार बरावरको क्षति भएको छ ।
घरमा भएको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पिडित बुढाले जानकारी दिए । आगो ताप्ने क्रममा आगलागी भएको हो । आगो स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट कुनै मानविय क्षति नभएपनि घर पुर्ण रुपमा नष्ट भएकोले परिवारको विचल्ली भएको छ । ‘आर्थिक अवस्था कमजाेर छ, भएको घर पनि जलेर खरानी भयो अब सहयोगका लागि सबैसँग अनुरोध गर्नुको बिकल्प छैन सबैले सहयोग गरिदिनुस ‘, पीडित बुढाले भने ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको