रोल्पाका अनाथ बालबालिकालाई आश्रमद्वारा न्यानो कपडा वितरण
पुस २६, काठमाडाैं ।पशुपति अन्नपूर्णा आश्रमले बिकट रोल्पाका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । रोल्पाको सिद्दार्थ नमुना माबि घोप्टेओढार गंगादेबमा अध्यनरत अनाथ, असाय, अपाङ्ग, टुहुरा, द्वन्दपिडित तथा जेहेन्दार बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा दिएको हो । बिद्यालयमा अध्यनरत ५३ जना बालबालिकाहरुलाई जाडोमा लगाउने ज्याकेट, ट्राउजर र टोपी हस्तान्तरण गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमान्डौमा शनिबार भएको सार्बजानिक यातायात केन्द्रिय महासंघ नेपालको प्रथम राष्ट्रिय साधारण सभा उद्घाटन समारोह बीच प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल र पशुपति अन्नपूर्णा आश्रमका संस्थापाक संरक्षक प्राज्ञ डा. जगदीश बैद्यद्वारा न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।
बालबालिकाहरुको न्यानो कपडा सिद्दार्थ नमुना माविका सुचना संयोजक केबी गुरुङलाई हस्तान्तरण गरिएको हो । बिद्यालयका शिक्षक तथा नमुना बिद्यालय निर्माण अभियान संयोजक प्रेम बहादुर ओलीको समन्वयमा पशुपति अन्नपुर्ण आश्रमले बिकट रोल्पाका बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो ।

पशुपति अन्नपूर्णा आश्रम संस्थाले नेपाल भरी बौद्धिक अपांग,अनाथ बालबालिका, गुरु कुल अति दुर्गम क्षेत्रमा मानबिय सेबा गरेबापत आश्रमका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यलाई पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालद्वारा सोहि कार्यक्रम बीच बिशिष्ट सल्लाहकारमा सम्मान गरिएको थियो ।
वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका छन्। उनि राष्ट्रिय समाजसेबी हुन्, प्रा.डा.जगदीश वैद्य थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







