शिक्षकहरुलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालि सम्बन्धी तालिम
सल्यान, पुस २५ । सल्यानको कपुरकोटमा विद्यालयका सम्पूर्ण तथ्यांकहरु आई ई एम आई एस प्रणालि मार्फत अपलोड, अपडेट तथा प्रकाशन गरिने भएको छ । जसका लागि कपुरकोट गाउँपालिकाले सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयलाई तालिमको आयोजना गरेको छ । शैक्षिक सूचना व्यवस्थापन प्रणालि अन्तर्गत विद्यालयका हरेक तथ्यांकहरुलाई प्रविधिको प्रयोग मार्फत अद्यावधिक गर्न तथा अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन सम्बन्धी तालिम शिक्षकहरुका लागि आयोजना गरिएको हो । शैक्षिक सूचना प्रणालिका प्रशिक्षक दामोदर शर्माले शिक्षकहरुलाई तालिम प्रदान गरिरहनुभएको छ ।
दुई दिने तालिमको कालिका मावि कपुरकोटमा गाउँपालिका राष्ट्रिय महासंक कर्णालीका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार उद्घाटन गर्नुभयो । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहनुभएकाा सेनले शिक्षामा प्रविधिको प्रयोग अर्थपूर्ण रुपमा रहेको बताउनुभयो । तर प्रविधिले अवसर र चुनौती दुवै ल्याएको बताउदै प्रविधिको सहि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले तालिममा सिकेका ज्ञान सीप प्रविधि र तरिकालाई सफलतापूर्वक विद्यार्थीको सिकाइमा हस्तान्तरण गर्नुपर्ने बताउदै उहाँले कुनै पनि तालिमको आवश्यकता परेमा गाउँपालिका समक्ष माग गर्न आग्रह गनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विकसित भएका नयाँ नयाँ प्रणाली तथा सूचना र सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो । शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले प्रविधिले सिकाइमा आनन्द दिने र बढी सिक्न सहयोग गर्ने भएकाले यसको प्रयोग अपरिहार्य रहेको धारणा राखे । कार्यक्रमको सहजिकरण शिक्षक उमेश सुवेदीले गर्नुभएको थियो । तालिममा २० जना भन्दा बढि कम्प्युटर सम्बन्धी ज्ञान भएका शिक्षकहरु सहभागी छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह