सल्यानमा माघ २९ गते देखी प्रादेशीक महोत्सव सञ्चालन हुदैँ

२५ पुष २०७६, शुक्रबार १८:३५ मा प्रकाशित

२५ पौष, सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा यही माघ २९ देखि फाल्गुन ११ गते सम्म सल्यानको श्रीनगरमा प्रादेशीक,कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०७६ को संचालन हुने भएको छ ।
पौष २५ गते विहान उद्योग वाणिज्य संघ सल्यानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका बारेमा जानकारी दिइएको थियो ।


उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विर बहादुर चलाउनेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चलाउनेले
महोत्सवमा ५ करोडको कारोबार हुने, १ लाख दर्शकले अवलोकण गर्ने, स्थानीय उत्पादन, कृषि जन्य बस्तुको प्रदर्शनी, अटोमोवाइलको प्रदर्शनी हुने बताएका छन । महोत्सवमा २०० स्टल रहने, स्थानीय कला संस्कृति झल्कने झाकी, जिल्लाका धार्मीक तथा पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी समेत महोत्सवमा गरिने छ।
१२ दिन सम्म संचालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ ।
साथै सल्यान उद्योग वाणिज्य संघको नवौ वार्षिक साधारण सभा तथा रजत जयन्ती माघ २२ गते भव्य कार्यक्रमको आयोजना गरि मनाउने बताइएको छ ।


पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणीज्य उपाध्यक्ष दिपक बोहरा लगायतकार्य समिति सदस्य र जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन महासचिब भरत बस्नेतले गरेका थिए ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu