सल्यानमा माघ २९ गते देखी प्रादेशीक महोत्सव सञ्चालन हुदैँ
२५ पौष, सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा यही माघ २९ देखि फाल्गुन ११ गते सम्म सल्यानको श्रीनगरमा प्रादेशीक,कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०७६ को संचालन हुने भएको छ ।
पौष २५ गते विहान उद्योग वाणिज्य संघ सल्यानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका बारेमा जानकारी दिइएको थियो ।
उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विर बहादुर चलाउनेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चलाउनेले
महोत्सवमा ५ करोडको कारोबार हुने, १ लाख दर्शकले अवलोकण गर्ने, स्थानीय उत्पादन, कृषि जन्य बस्तुको प्रदर्शनी, अटोमोवाइलको प्रदर्शनी हुने बताएका छन । महोत्सवमा २०० स्टल रहने, स्थानीय कला संस्कृति झल्कने झाकी, जिल्लाका धार्मीक तथा पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी समेत महोत्सवमा गरिने छ।
१२ दिन सम्म संचालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ ।
साथै सल्यान उद्योग वाणिज्य संघको नवौ वार्षिक साधारण सभा तथा रजत जयन्ती माघ २२ गते भव्य कार्यक्रमको आयोजना गरि मनाउने बताइएको छ ।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणीज्य उपाध्यक्ष दिपक बोहरा लगायतकार्य समिति सदस्य र जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन महासचिब भरत बस्नेतले गरेका थिए ।
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
- त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा