त्रिबेणी गाउँपालिकाले गर्यो ५० प्रतिशत अनुदानमा ६ लाख बराबरको उन्नत बोका बितरण

२० पुष २०७६, आईतवार १८:३८ मा प्रकाशित

२० पौष सल्यान
कृषि र पशुपालनलाई प्राथामिकता दिएको सल्यानको त्रिबेणी गाउँपालिकाले कृषकहरुलाई आईतबार करिब ६ लाख बराबरको उन्नत क्रस बोयर जातको बोका बितरण गरेको हो । पशुु सेवा शाखा त्रिबेणीको आयोजनामा गाउँपालिका भित्रका ६ वडा मध्येका २ सहकारी, २ कृषक समुह र ६ जना कृषकलाई गाउपालिकाका अध्यक्ष मान बहादुर डांगाीले उन्नत जातको १० वटा बोका बितरण गर्नु भएको हो । उच्च नश्लको प्रयोगबाट मासु उत्पादनमा बृद्धि गरी बाख्रामा हुने हाडनाता कम गर्न उन्नत जातको बोका बितरण गरिएको पशु सेवा प्रमुख बसन्त रावतले बताउनु भयो ।


बोका पाउने कृषकमा उम बहादुर खड्का, भोजराज खड्का, बिजुली पुन, रेशम बहादुर बोहरा, नेत्रलाल खड्का, लोक बहादु्र थापा लगायत समाज सुधार कृषक समुह, उपहार सामाजिक महिला उद्यमी सहकारी, साना किसान कृषि सहकारी, सगरमाथा बाख्रा तथा पशुपालन समुह रहेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसुन्धारा पुनले नयाँ प्रविधिको प्रयोग गरि कृषि तथा पशुपालनमा आत्मनिर्भर मात्र नरहि निर्यात मुखी व्यबसाय गर्नुपनर्माे जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष डांगीले किसानहरुले उत्पादन गरेको सामाग्रीहरुको लागी बजारिकरणको व्यबस्था गरिदिने साथै कृषकरुको लागी गाउपालिकाले तौल्ने मेसिन, भकारो सुधारको लागी अनुदान, घाँसको स्रोत केन्द्र स्थापना गर्नको लागी अनुदान, यो वर्ष कृषकको उत्पादन गाउपालिकाको अनुदान कार्यक्रम, गाउपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रमा स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu