तुलसीपुर–सल्यान सडक खण्डमा महालक्ष्मी बैंक शाखाले ट्राफिक सचेत बोड राख्यो
पछिल्लो समय बढ्दो दुर्घटना न्युनिकरण गर्नको लागी दाङको तुलसीपुरमा रहेको महालक्ष्मी विकास बैंक शाखाले दाङ २ स्थानमा ट्राफिक सचेत बोड राखेको छ । दाङ सल्यान सडक खण्ड अन्र्तगत तुलसीपुरको लाहुरे चौर, र गतबर्ष विद्यार्थी बोकेको बस दुर्घटना भएको स्थान नजिक ट्राफिक सेचतना बोड राखिएको शाखाका बैक मेनेजर खगेन्द्र बुढाले बताए ।


ति स्थानमा सबै भन्दा बढि दुर्घटनाको जोखिम भएकाले ट्राफिक सचेतना बोड राखेर दुर्घटना न्युनिकरण गर्नको लागी राखेको उनले बताए । आफुहरु कमाउने मात्र नभई सामाजिक उत्तर दायित्व बहन गर्नको लागी विगत देखी नै काम गर्दै आएको बताऐ । त्यसैगरी ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरिक्षक नन्द कुमार पोख्रेलले दुर्घटना न्युनिकरण गर्न सबै लाग्नु पर्ने बताए । कतिपय दुर्घटनाहरु चालकको लापरबाहीले हुने र कतिपय सडक, भौगोलिक विकटताका कारण पनि हुने भएकाले बढि दुर्घटना हुने स्थानको पहिचान गरी विभिन्न ठाउँहरुमा सचेतना बोडहरु राख्न सकेमा दुर्घटना हुनबाट रोकिन सकिने उनले बताए ।

- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह