तुइनबाट डोल्पामा पहिलो पटक सरकारी गाडी भित्रिएको छ

   
त्रिवेणी अनलाइन
१८ पुष २०७६, शुक्रबार १७:२८ मा
[Sassy_Social_Share total_shares="ON"]

डोल्पामा पहिलो पटक ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जिप) भित्रिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले २७ लाखमा खरिद गरेर उक्त गाडी जिल्ला पुर्याएको हो ।

सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जीनियर योगेन्द्र धरालाले जानकारी दिए । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुईलाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए ।

अघिल्लो मंसिरमा औपचारिक रुपमा घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ । जाजरकोटदेखि डोल्पाको दुनैसम्म आउन गाडिमा कम्तीमा पनि ५ ठाउँमा पल्टी गर्नु पर्ने बाध्यता रहेको याात्रुहरु बताउछन् ।

डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफनै गाडि ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् । डोल्पाका सरकारी कार्यालयका मोटरसाइक भने अहिले पनि नेपालगञ्ज सुर्खेतमा चलि रहेको पाइन्छ । तर भौतिक पूर्वाधार विकास कार्यालयले विभिन्न दुखका साथ गाडी डोल्पामा पुर्याएपछि अन्य सरकारी कार्यालयलाई समेत बाध्यता आएको छ । 

सरकारले डोल्पामा सडक पुगेको भनेर घोषणा गरेपनि सहरबाट सिधा यात्रा भने गर्न कठिन रहेको छ ।

Annapurna Post

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu