युट्युब ट्रेन्डिङको पहिलो स्थानमा अल्मोडाको ‘कैले भेट्ने खै २’
अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वरको गीत ‘कैले भेट्ने खै २’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ। ‘न्यास्रो’ शीर्षकको यो गीतको भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेको अभिनय छ।

युट्युबमा हेर्ने दर्शकका लागि लक्षित गरिने गीतहरुमा अचेल संवाद र कथाले प्राथमिकता पाइरहेको छ। ‘कैले भेट्ने खै २’ मा पनि यही शैली अपनाइएको छ। यो गीत यसअघि अल्मोडाले नै गाएको चर्चित गीत ‘कैले भेट्ने खै’को सिक्वल हो। ‘कैले भेट्ने खै’का थुप्रै कभर भिडियोहरु बनेका थिए। अघिल्लो गीतजस्तै सिक्वललाई पनि छोटो समयमै स्रोताहरुले मन पराएका छन्। वर्ष २०१९ को डिसेम्बर २९ मा अपलोड गरिएको भिडियोलाई राम कुमार केसीले भिडियो खिचेका छन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन्।
युवा पुस्ताले मन पर्ने शैलीको एरेन्जमेन्ट गर्दै आएका अल्मोडाले गितार र सारंगीको संयोजन गरेर संगीतमा मिठास थपेका छन्।
हालसम्म गीतको भिडियोले २८ लाख ३० हजारभन्दा बढी भ्युज पाइसकेको छ। एक लाख बीस हजारभन्दा बढीले लाइक गरेको भिडियोमा चार हजार जनाले प्रतिक्रिया दिइसकेका छन्।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






