कर्णाली नदीमा जिप खस्यो, चारजनाको मृत्यु, चार घाइते
बाजुरा : हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । एकजना अहिले पनि वेपत्ता छन् भने चारजना भने घाइते अवस्थामा फेला परेको उनले बताए ।
जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदैगरेको बुझिएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले भने खबर पाउने बित्तिकै प्रहरी टोली पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दूरीमा पिलिचौर इलाका प्रहरी कार्यलय छ ।
source : Annapurna Post
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







