कुमाख पहाडको टाकुराबाट भ्रमण बर्ष २०२० अभियान उद्घाटन हुने ।

   
त्रिवेणी अनलाइन
१५ पुष २०७६, मंगलवार ११:३७ मा
[Sassy_Social_Share total_shares="ON"]

सरकारले सन् २०२० लाइ भ्रमण बर्षको रूपमा मनाउदैछ । सरकारको यो कार्यक्रमलाइ सफल बनाउन विभिन्न तहका सरकारले विभिन्न कार्यक्रम गर्न लागेका छन । सल्यानको कुमाख गाउँपालिकाले भ्रमण बर्ष २०२० को पहिलो दिन कुमाखको टाकुरामा पुगेर भ्रमण बर्षको उद्घाटन गर्ने भएको हो ।

कुमाखको टाकुरामा पुगेर गाउँपालिकाले भ्रमण बर्ष २०२० को शुभकामना अदानप्रदान गर्ने र कुमाखमा अन्तरिक तथा वाह्य पर्यटकको अगमनलाइ ध्यान केन्द्रित गर्ने गरि अभियान चलाउने प्रमख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिएका छन । उनले भने –“हामी भ्रमण बर्षको पहिलो दिन माथी टाकुरामा पुग्छौं र सल्यानको कुमाख पनि भ्रमण गर्न लायक एक स्थान हो भन्ने सन्देश दिन्छौं ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत स्थानियवासीको सहभागिता हुने घर्तीले जानकारी दिए ।

Image may contain: tree and outdoor

‘घुम्न आएका अतिथिको सम्मान, भ्रमण बर्ष २०२० को साझा आह्वान’ भन्ने नारा सहित बुधबारबाट भ्रमण बर्ष २०२० शुरू हुदैछ । भ्रमण बर्षलाई नै टेवा प¥याउने गरी गाउँपालिकाले ‘कुमाख जाऔं, सुन्दर हरियाली प्रकृतिसंगै भ्रमण वर्ष २०२० भव्यरूले मनाऔं’ नयाँ नारा बनाएको छ ।
सल्यानको कुमाख गाउपालिका भित्र कुमाख लेख, लेखका वरपर विभिन्न गुफा, विभिन्न स्थानमा मठ मन्दिर, नेपाल विभिन्न राज्यमा विभाजित भएका वेला तत्कालिन राजाले निर्माण गरेका अवशेषहरू हेर्नलायक  रहेका छन ।

Image may contain: outdoor
तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu