सिद्ध कुमाखमा च्याउखेती प्रविधि सम्वन्धि ३ दिने तालिम सम्पन्न
सल्यान, १४ पौष ।
“पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ“ भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिका कृषि विकास शाखाको आयोजनामा संचालित गाउँपालिका स्तरीय च्याउखेती प्रविधि सम्वन्धि ३ दिने तालिम आज सोमबार सम्पन्न भएको छ । उत्त तालिम शनिबार देखि संचालन भएको हो । च्याउखेती प्रविधि तालिममा सिद्ध कुमाख गाउँपालिका ५ वटै वडाबाट ३४ जना अगुवा कृषकहरुले सहभागिता रहको थियो । तालिम बाट सिकेका ज्ञानहरूलाई आफ्नो ठाउमा प्रयोग गर्न, व्यवसायिक रुपमा खेति गरि आर्थिक लाभ लिन र अन्य कृषकहरूलाई पनि सिकाउन गाउँपालिका का अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । तालिममा प्रशिक्षक नेत्रलाल घर्तीले च्याउ खेति गर्ने तरिका, यसको व्यवस्थापन र बजारीकरणको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

तालिममा सहभागि सवैलाइ प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले च्याउखेती गर्न आवश्यक पर्ने सामग्रीहरू च्याउ किट, प्लास्टिक सहित सिप सिकेको प्रमाण पत्र हस्तान्तरण गर्दै तालिममा ३ दिन सम्म सिकेको सिप प्रयोग गर्नुभयो भने १ महिना भित्रै नतिजा पाउने जनाउनु भएको छ ।

तालिम अवधिभर प्रयोगात्मक अभ्यासको रुपमा १०० डल्ला बनाइएको थियो जसलाई गाउँपालिकाको कृषि शाखा नजिकै रहेको नमुना च्याउखेति घरमा राखि च्याउखेति प्रविधि प्रर्दशन गरिने कृषि शाखा प्रमुख चन्द्र बहादुर केसीले बताउनु भएको सुचना अधिकारी भिम भण्डारी ले जानकारी दिनु भयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






