प्याव्सन सल्यानको चौथो साधारणसभा सम्पन्न
इन्द्र बुढाथोकी, सल्यान १२ पौष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन सल्यानको चौथो साधारण सभा बनगाड कुपिण्डे नगरपालिका वडा न १ को सल्लीबजारको होटल ग्रीन पिस प्यालेसमा सम्पन्न भएको छ ।
साधारणसभामा प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले कार्यक्रममा बोल्दै निजि क्षेत्रले सक्षम जनशक्ति निर्माण गरि समृद्ध नेपाल निर्माण गर्न सकोस् भनु भएको छ । नेपाल सरकारले लिएको नीति एक तिर छ तर निजि क्षेत्रले लिएको निती अर्को तिर छ त्यसमा पनि भौतिक शरचण निर्माण गरिरहेको भोलि राज्यले कुनै अर्को निर्णय लिएमा त्यसको समस्या हुने मैले पनि चिन्ता पनि लिएको बताउनु भएको छ ।त्यसमा एउटै नीति नियम बनाउन लाग्न प्याव्सन आग्रह पनि गर्नु भएको छ । जिल्ला भरी एउटै शिक्षा नीति नियम बनाएर जानू पर्ने आफ्नो धारण रहेको र त्यही अनुसार पहल गरि रहेको समेत बताउनु भएको छ । सामुदायिक शिक्षा क्षेत्रमा पर्याप्त दक्ष जनशक्ति नहुदा समस्या भएको बताउनु भएको छ । निजि क्षेत्रले सक्षम जनशक्ति उत्पादन गरि देशको इज्जत बचाएको समेत बताउनु भएको छ नेपाल कम्युनिस्ट पार्टी जिल्ला अध्यक्ष समेत रहेका पुनले आफुले निजि शिक्षणलाई बाही बाँस हुने गरि कुनै पनि निर्णय नगर्ने बताउनु भएको छ ।आफ्नो नगरमा सामुदायिक र निजि बिध्यालयहरुलाइ एउटै व्यबहार गरेर कार्यक्रम चालाइरहेको बताउनु भएको छ । निजि क्षेत्रमा सेवा सुविधा दिनु भएको छ त्यसमा श्रम शोषन भएको भने गुनासो आएको र त्यता तिर ध्यान दिन पनि आग्रह गर्नु भएको छ । निजि बिध्यालयहरुले किताब रटन गरेर मात्र नहुने र भाषा तिर पनि ध्यान दिन निजि क्षेत्रलाइ आग्रह गर्नु भएको थियो । समृद्ध नेपाल समृद्ध समाज निर्माण गर्न दक्ष जनशक्ति बनाउन र सिकाउन आवश्यक उत्पादन सामुदायिक तथा निजि शिक्षा क्षेत्रको अति आवश्यक रहेको समेत नगर प्रमुख पुनले बताउनु भएको छ । आफुले निजि विद्यालयहरुको सहयोग हुने गरि नगरको शिक्षा नीति पारित गरेको बताउनु भएको छ ।
बिशिस्ट अतिथि प्याव्सनका केन्द्रिय सदस्य महेश देवकोटाले अहिले आएको शिक्षा नितिले हामिलाइ उत्साहित बनाएको र अब हामी लाई बिगतको दिन जस्तो लगानी खेर जान्छ कि सार्टिफिकटमा मान्यता पाउछ कि छात्रवृत्ति पाउछ कि नाइ भन्ने दिन अहिले आएको शिक्षा नितिले सहयोग गरेको केन्द्रिय सदस्य देवकोटाले बताउनु भएको छ । अहिले निजि विद्यालयहरुले गुणस्तर शिक्षा दिएको र एसइईमा सबैभन्दा बढी निजि बिध्यालयहरुको नतिजा आएको समेत बताएका छन । सल्यानमा मात्र राज्यको शुन्य लगानीमा ५ सय शिक्षक शिक्षिकालाइ रोजगारी दिएको र १० हजार विद्यार्थीको भविस्य उज्ज्वल बनाएको समेत बताउनु भएको छ । भने राज्यको टेवा पुर्याएका छौ अहिले केही व्यक्तिहरु निजि बिध्यालयहरुलाइ कमजोर बनाउन लागेको र निजि बिध्यालय कमजोर बनाएर सरकारले सन्चालन गरेर सामुदायिक बिध्यालयको शिक्षा झन कमजोर बनाउन लागेको बताए सल्यानमा मात्र २५ वटा विद्यालय प्याव्सनमा आवद्धता रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिले विद्यार्थी जन्म दिन आमाबाबु भए पनि अब त्यसको भविस्य कस्तो बनाउने भन्ने तपाईहरुको हात रहेको बताउनु भएको छ । अब आफ्नो नगरपालिका बाट हुने सम्पुर्ण सहयोग आर्थिक रुपमा नभए पनि भौतिक रुपमा पुर्ण सहयोग हुने उप प्रमुख मन्जु यरिले बताएकी छन ।
विद्यालयको शिक्षा कस्तो बनाउने भन्ने स्थानीय सरकारको सोचाइको बिकास हो र अब देखि स्थानीय तहले सामुदायिक र निजि विद्यालयहरुको शिक्षा सम्बन्धि नीति नियम एउटै बनाउन आग्रह गर्नु भएको छ । दुबै क्षेत्रका निजि तथा सामुदायिक विद्यालयको खाका बनाएर अगाडि बढाउन आग्रह सल्यान जिल्ला सल्लाहकार पुर्ण बहादुर बस्नेतले बताउनु भएको छ । राज्यको शुन्य लगानीमा २५% विद्यार्थी पढाइरहेको र राज्यले सार्टिफिकट दिएको भरमा आफुहरुले काम गरिरहेको बस्नेतले बताएका छन ।
कृष्ण इङलिस बोर्डिङ स्कुल र लन ग्रीन इङलिस बोर्डिङ स्कुलका विद्यार्थी भाइबहिनीहरुले नृत्य प्रस्तुत गर्नुको साथै अतिथिहरुलाइ मायाको चिनो समेत दिएको थियो । कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि , प्याव्सन केन्द्रिय सदस्य महेश देवकोटा, प्याव्सन कर्णाली प्रदेश सदस्य वीर बहादुर बुढाथोकी, प्याव्सन सल्यान जिल्ला सल्लाहकार पुर्ण बहादुर बस्नेत, रुम टु रिडका फिल्ड सुपरभाइजर दोर्ण कुमार यरि , पत्रकार इन्द्र बुढाथोकी, दुर्गा बिसि लगाएतले चौथो साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । भने कार्यक्रम सन्चालन निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन सल्यानका सचीव खिमराज डिसिले गरेको कार्यक्रमको अध्यक्षता प्याव्सन अध्यक्ष जित बहादुर भण्डारी र स्वागत मन्तव्य लन ग्रीन इङलिस बोर्डिङ स्कुलका प्रीन्सिपल मुक्ति पोखरेलले गर्नु भएको थियो ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु