१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम
गायक रामकृष्ण ढकालले गएका माया प्रेमका यस्ता दर्जनौँ गीतले धेरैको जीवनमा मेला खाए होलान् । उनका मर्मस्पर्शी गीतहरु अहिले पनि उत्तिकै घन्किने गरेका छन् । उनै ढकालका धेरै गीतमध्ये यो गीत उनको आफ्नै जीवनमा पनि केही हदसम्म मेल खान पुगेको छ ।
माथि गीतमा भनिएजस्तै उनको श्रीमती निलम शाहले अन्तै माया साटेकी भने होइनन् तर रामकृष्णसँग सँगै जिउने सँगै मर्ने बचन र कसम भने उनले तोडेकी छिन् । बुधबार ढकाल दम्पत्तिको सम्बन्धबिच्छेदसँगै सबै बाचा र कसम तोडिएको हो ।
अर्थात ढकालपत्नी निलमको निवेदनको आधारमा बुधबार जिल्ला अदालत काठमाडौँमा उनीहरुको सम्बन्धविच्छेदको मिलापत्र भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशमा सम्बन्धविच्छेदमा मिलापत्र भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।
अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो । यस्तै रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् । तत्काल भने रानी निलमसँगै रहनेछिन् ।
१७ वर्षपछि सम्बन्धमा पूर्णविराम !
४५ वर्षीय ढकाल निलमसँगको १७ वर्षे सहयात्रापछि एक्लो जीवन जिउने अवस्थामा पुगेका छन् । उनले निलमसँग १७ वर्षअघि अर्थात २०५९ सालमा प्रेम बिबाह गरेका थिए । कार्यक्रमकै दौरानमा निलमसँग पटकपटकको भेटमा प्रेम बसेपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।
कतिपयले यो जोडीलाई उदाहरणीय जोडीको रुपमा लिँदै आएकोमा हाल एकाएक सम्बन्धबिच्छेद हुनुलाई आश्चर्यको रुपमा समेत हेरिएको छ । विगतमा विभिन्न कलाकारको पारिवारिक कहल मिडियासम्म आइपुग्ने गरेको उदाहरण भएपनि ढकालको भने बाहिरिएको थिएन । यस्तै विभिन्न औपचारिक समारोहमा पनि उनले छोरी र निलमको निकै तारिफ गर्ने गर्थे ।
को हुन् ढकाल ?
२०३१ साल साउनमा बारामा जन्मिएका ढकाल नेपालको आधुनिक संगीतका चर्चित नाम हो । विभिन्न रियालिटी सोका जजका रुपमा समेत प्रस्तुत हुने गरेका उनले आधुनिक, पप र फिल्मका सयौ गीतमा स्वर भरेका छन् ।
कतिपयले उनलाई नारायण गोपालपछिका सफल गायकका रुपमा पनि लिन्छन् । बाल्यकालदेखि नै नारायण गोपालका गीतहरु गाएर दर्शक स्रोतका मन जितेका उनी औपचारिक रुपमा भने २०४५ सालबाट संगीत क्षेत्रमा होमिएका थिए । हाम्रो सुन्दर संसार बोलको गीत उनले २०४५ सालमा १४ वर्षकै उमेरमा रकर्ड गराएका थिए । त्यससता उनलाई सांगितिक क्षेत्रमा पछाडि फर्किन परेको छैन ।
ढकालको आशिर्वाद, आशिष, आसा, आरोह, आगमन, मेरोसाथी लगायतका दर्जनौ एल्बम बाहिर आएका छन् भने तीमध्ये अधिकांश हिट छन् । उनी आशिर्वाद नामक फिल्मका नायक समेत हुन् भने थुप्रै म्युनिक भिडियोमा समेत देखिएका छन् ।
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै