बन्गाड कुपिण्डे नगरपालिकामा हेलिप्याड निर्माण
दुर्गा बिसी,
सल्यान ६ पौष ।
सल्यानमा हेलिप्याड निर्माण गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा हेलिप्याड निर्माण गरिएको हो । बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले उक्त हेलिप्याड निर्माणकार्य सम्पन्न गरेको छ ।
आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि नगरमा हेलिप्याड निर्माण गरिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो । यस्तै नगरले अर्को हेलिप्याड निर्माण गर्ने तयारी समेत गरेको छ ।
सवुज गण सिमखर्क, सल्लिवेश क्याम्पको श्रमदान र बनगाड कुपिण्डे नगरपालिकाको करिव वजेट १० लाख रुपैँया खर्च गरेर निर्माण गरिएको हो । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि हेलिप्याड बनाउन थालिएको हो । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







