पैयाखोरेमा जिप दुर्घटना हुदा एक युवतीको मृत्यु

   
त्रिवेणी अनलाइन
४ पुष २०७६, शुक्रबार १९:१४ मा
[Sassy_Social_Share total_shares="ON"]

पाैष ४ सल्यान

दाङ सल्यान सडक खण्डकाे पैयाखाेरेमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छ्न । दाङ तुलसीपुरबाट सल्यानको फलाबाङ जादै गरेको रा १ ज ८२२ नम्वरको जिप तुलसीपुर ३ पैयाखोरेमा आज दिउँसो अढाई बजे दुर्घटना हुदा सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ४ गाडापानी बस्ने २० वर्षिया सिता बुढाथोकीको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि ६ जना घाईते भएको भनेता पनि विस्तृत विवरण आउन भने बाँकी रहेको प्रहरीले बताएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ । जिप चालक भने फरार रहेको जनाईएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu